पत्रकार महासंघमा हुमागार्इंले बाजी मारे



हेटौंडा,नेपाल पत्रकार महासंघ मकवानपुरमा हरि हुमागार्इंको नेतृत्वमा नया“ कार्यसमिति निर्वाचित भएको छ । प्रतिद्वन्द्वी नानीमैया बिष्टलाई ३ भोटले पछि पार्दै हुमागार्इंं अध्यक्ष चयन भएका हुन् । हुमागाईंले ४२ मत पाए । अध्यक्षका अर्का प्रत्यासी गिरिजा अधिकारीले ३१ मत पाए ।

खुला उपाध्यक्षतर्फ कुमार अधिकारी (पोष्टराज) ६६ मतसहित विजयी भए । प्रत्यासी कुमार नेगीले ४१ मत पाए । मंगलबार राति भएको मतदानमा एकसय १३ मत खसेको थियो । महिला उपाध्यक्षमा अञ्जली थापालाई ११ मतले पछि पार्दै सरिता दाहाल निर्वाचित भइन् । दाहालले ५८ मत पाइन् ।

सचिवमा गणेशदर्पण अधिकारी ५७ मतसहित विजयी भए । उनले प्रतिद्वन्द्वी बालकृष्ण अधिकारीलाई ५ मतले पछि पारे । खुलातर्फ सहसचिवमा धर्मेन्द्र दाहालले सुजन बिडारीलाई ५ मतले पछि पार्दै विजयी भए । समावेशी सहसचिवतर्फ सुरजकुमार भुजेललाई शुभलक्ष्मी बिकले १० मतले पछि पारिन् । बिकले ५७ मत पाएकी थिइन् ।

कोषाध्यक्षमा ५६ मतसहित सुदीप शिवाकोटी निर्वाचित भए । प्रतिस्पर्धी शिव चौलागार्इंले ५४ मत पाए । जनजातितर्फ सदस्यमा ५७ मतसहित चन्द्रबहादुर घलान विजयी भए । महिला सदस्यमा सरला अधिकारी विजयी भइन् । खुलातर्फ जिल्ला सदस्यमा सुबास बिडारी, कपिल खड्का, केशव समर्पण, अशोकसुजन श्रेष्ठ, एमपी शर्मा विजयी भए । रुपक कालीराज र अनिल महतो क्रमशः दलित र मधेसी कोटामा निर्विरोध निर्वाचित भए ।

केन्द्रीय पार्षद्मा प्रताप बिष्ट, महेन्द्र श्रेष्ठ, नरेन्द्र सापकोटा, सुनिल खड्का, राजन दाहाल, ध्रव अधिकारी, होम कार्की, भानुभक्त आचार्य, दीपक अधिकारी विजयी भए । भावना रिजाल, सरस्वती सापकोटा र सम्झना कार्की केन्द्रीय पार्षद्मा निर्विरोध चुनिए ।

मकवानपुर शाखाको १० औं साधारणसभाका अवसरमा मंगलबार होम कार्कीलाई न्हुच्छेमान स्मृति क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । महासंघ मकवानपुर संस्थापक अध्यक्ष श्रेष्ठको स्मृतिमा स्थापित पुरस्कारको राशि ५ हजार रुपिया“ छ । कार्कीलाई नेपाल पत्रकार महासंघ केन्द्रीय महासचिव उजिर मगरले नगदसहित सम्मानपत्र हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्