गोरखाको द्रब्यशाहमा चुनाव



सन्तोष अधिकारी, गोरखा
जिल्लाको एक मात्र सामुदायिक क्याम्पस द्रब्यशाह बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियनको चुनाव शान्तिपूर्ण भइरहेको छ ।

नेपाल विद्यार्थी संघ, अनेरास्ववियू क्रान्तिकारी, अखिल नेपाल विद्यार्थी संगठन, नयाँशक्ति नेपाल विद्यार्थी यूनियनका विद्यार्थीहरु चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । स्ववियू निर्वाचन विहान ८ बजेबाट सुरु भएको हो ।

उक्त क्याम्पसमा ३०१ जना विद्यार्थीले निर्वाचनमा मताधिकार पाएको क्याम्पस प्रशासनले जनाएको छ । चुनावमा सबै विद्यार्थीका राजनितिक दलका नेता तथा कार्यकर्ताहरु द्रब्यशाह क्याम्पस परिसरमा आफ्नो आफ्नो विद्यार्थीको लागि मत मागि रहेका छन् ।

सुरक्षाका लागि ६७ जना जनपथ प्रहरी र ३६ जना शसस्त्र प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्