नेपाल पत्रकार महासंघ रसुवामा चौतारी प्यानल विजयी



रसुवा, (नेस)। नेपाल पत्रकार महासंघ रसुवाको तेस्रो जिल्ला अधिबेशनले हेमनाथ खतिवडाको अध्यक्षतामा १३ सदस्सिय कार्यसमित सर्वसम्मत चयन भएको छ ।

अधिबेशनले उपाध्यक्ष प्रेमप्रसाद पौडेल, महिला उपाध्यक्ष अनु आचार्य, सचिवमा सिमा तामाङ, सह सचिवमा प्रभाकर अधिकारी, समाबेशी सहसचिवमा कमल तामाङ, कोषाध्यक्षमा सूर्य थोक्रा, सदस्यहरुमा लक्ष्मी मगर, झरना नेपाली, कविता स्याङवा, सरस्वती न्यौपाने , पूर्णिमा स्याङवा, विश्वास नेपाली रहेका छन् ।

प्रदेश सभासदमा हिमनाथ देवकोटा, ठाकुर अधिकारी, राकेश लामा, पविना स्याङवा , सरिता लामिछाने, कमला मगर रहनुभएको छ । त्यसैगरी, केन्द्रीय सभासदमा बलराम घिमिरे, दिपक लामा, हरि गँजुरेल, निराजन पौडेल रहनुभएको छ ।

आइतबार दिनभर सहमतिको प्रयास सफल हुन नसकेपछि वेलुकी वन्द सत्रमा नेपाली कांग्रेस निकट प्रेस युनियन, माओवादी केन्द्र निकट प्रेस सोसाइटी र स्वतन्त्रले वन्द सत्रमा आ आफ्नो भनाई राखेर निर्वाचनमा जान नसकिने भन्दै वन्त्र सत्र वहिस्कार गरेका थिए । महासंघको सदस्यता पाएका ४५ जना सदस्य मध्ये ३० जना चौतारीमा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्