भारतले पठाउने भो कुटनीतिक मर्यादा जानेको राजदूत



काठमाडौं,(नेस) । छिमेकी भारतले नेपालका लागि नयाँ राजदूतमा मन्जीभसिंह पुरीलाई नियुक्त गर्ने भएको छ । यस सम्बन्धी भारतका तर्फबाट बुधबार नेपाल सरकारलाई जानकारी गराएको स्रोतले जनाएको छ ।

बेल्जीयमका लागि भारतका राजदूत रहिसकेका सिंह भारतका करियर डिप्लोम्याट हुनुहुन्छ । उहाँले भारतीय विदेश मन्त्रालयमा संयुक्त राष्ट्र संघ मामिला हेर्नुका साथै न्यूयोर्कमा रहेर पनि भारत सुरक्षा परिषदको अस्थायी सदस्य भएका बेलामा काम गर्नुभएको थियो । उहाँले सन् १९८२मा भारतको विदेश मन्त्रालयमा काम सुरु गर्नुभएको थियो ।

भारतको प्रमुख शिष्टाचार महापाल समेत रहिसक्नुभएका उहाँले जर्मनीस्थित भारतको दूतावासमा रहेर काम गर्नुका साथै बैंकक, काराकास, केपटाउन, मस्कट लगायतका स्थानमा रहेर पनि काम गरिसक्नु भएको छ । शिष्टाचार महापाल रहिसकेको व्यक्ति कुटनीतिक मर्यादाका विषयमा विशेष सचेत रहने गरेको पाइन्छ । उहाँका पत्नि नम्रिता पुरी र दुई सन्तान रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्