भ्रेमा १२ वटा क्याम्पसमा मतदान हुँदै



धुलिखेल, १८ फागुन । काभ्रेपलाञ्चोक जिल्लामा आज हुने स्ववियु निर्वाचनमा १२ वटा मात्रै क्याम्पसमा मतदान हुँदैछ । १६ क्याम्पसमध्ये दुईवटा क्याम्पस प्रकाश क्याम्पस, भुम्लुटार र कानपुर क्याम्पस, कानपुर, कालापानीमा सर्वसम्मत भएको र दुईवटा क्याम्पसमा भने विवादका कारण स्थगित रहेको प्रहरीले जनाएको छ ।

“जिल्लाको पनौतीको इन्द्रेश्वर क्याम्पस र धुलिखेलस्थित धुलिखेल क्याम्पसमा स्थगित नै छ”, प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिम्खडाले भन्नुभयो, “केही क्याम्पसमा मतदान सुरु भइसकेको छ ।”

जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख एसपी सहकुलबहादुर थापाले बाँकी क्याम्पसमा निर्वाचनका लागि विहान ८ बजेदेखि मतदान सुरु भएको बताउनुभयो ।

“हामीले मतदान भइरहेको क्याम्पसमा विद्यार्थीले शान्तिपूर्ण ढङ्गले मतदान गर्न पाउने वातावरण बनाउने काम गरिरहेका छौँ”, एसपी थापाले भन्नुभयो । क्याम्पसमध्ये दुईवटामा सर्वसम्मत भइसकेको र दुईवटामा विवादका कारण हुन नसकेको थापाको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्