लुम्बिनी जनरल इन्स्योरेन्सले हकप्रद जारी गर्ने



काठमाडौं, (नेस)
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले १ शेयर बराबर १ कित्ताको अनुपातमा ३९ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न बिक्री प्रबन्धकको रूपमा सीबीआईएल क्यापिटललाई नियुक्त गरेको छ।

मंगलबार लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र सीबीआईएल क्यापिटलबीच हकप्रद शेयर निष्कासन गर्ने सम्बन्धमा सम्झौता भएको छ।

उक्त सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नूरप्रकाश प्रधान र सीबीआईएल क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत समिर प्रसाद दाहालले हस्ताक्षर गर्नु भएको छ।

प्रतिक्रिया दिनुहोस्