यस्तो देश जहाँ हिलो खेलेर पर्व मनाउँछन्



देश विदेशका सुन्दर ठाँउहरु घुम्ने र विदाका दिनहरुलाई विदेशमा मनाइने विभिन्न पर्वहरुमा सामेल हुने काम सबैका लागि रमाईलो नै हुने गर्छ ।

यति बेला भने केही पर्यटकहरु ब्राजिलमा मनाइने एक कार्नीवल पर्वमा सहभागि भई रमाइरहेका छन् । यो पर्वलाई मनाउने छुट्टै खालको तरीका छ ।

मानिसहरु पर्व अनेक किसीमले मनाउने गर्छन कसैले सबै जमघट भई खाना खाने, घुम्न जाने, केक काट्ने, नाच्ने गित गाएर रमाइला कामहरु गर्ने गर्दछन । तर यो कार्नीवल नामक पर्वमा भने सबै खाले कामहरु गर्ने बताइएको छ ।

विशेष गरेर जोडीहरु समुन्द्रको किनारमा जाने र मज्जासँग हिलो खेल्ने, नाच्ने गाउने, सबै जना जमघट गर्ने गर्दछन ।

गएको शनिबार ब्राजीलमा घुम्न आउने यात्रुहरु समुद्रमा पौडी खेल्दै एक अर्कालाई हिलो दल्ने र समुन्द्रको किनारमा रहेको कालो बालुवामा मज्जासँग लडीबुडी खेलेका थिए ।

यो पर्वलाई ‘बोल्को डा लामा’ भनेर चिनीने गर्छ र यो पोर्जुगलको एक पर्व ‘मड स्ट्रिट पार्टी’ भन्ने नामबाट परिवर्तन गरिएको हो ।

बोल्को नामक एक राजा नजिकैको जगंलमा घुम्ने र जँगलमा रहेका लाम्खुट्टे पूर्ण रुपमा हटाउने क्रममा मृत्यु भएको र उनै राजाको नामबाट यो पर्व मनाइएको पौराणीक विश्वास रहेको छ । यो पर्व पाँच दिन मनाइने गर्छ भने पर्वको पहिलो दिन सडकमा नाच प्रदर्शन पनि गरिने बताईन्छ ।

एजेन्सीको सहयोगमा ।

प्रतिक्रिया दिनुहोस्