एम्बुलेन्स सेवा पब्लिक प्राइभेट पार्टनरसीपको उत्कृष्ट नमुनाः मन्त्री थापा



काठमाडौं, (नेस)।
स्वास्थ्य मन्त्री गगन थापाले एम्बुलेन्स  सेवा पब्लिक प्राइभेट पार्टनसीपको उत्कृष्ट नमुना बन्ने विश्वास व्यक्त गर्नुभयो । सोमबार राजधानीमा आयोजित नेपाल एम्बुलेन्स सर्भिसको कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री थापाले नेपाल एम्बुलेन्स सर्भिससँग हातेमालो गरेर एम्बुलेन्स सञ्चालनको यस्तै स्तरीय सेवा सम्पूर्ण राज्यभरी सञ्चालन गर्न अघि सर्ने बताउनुभयो ।

सो अवसरमा नेपाल एम्बुलेन्स सर्भिसले दक्ष आकस्मिक सेवा स्वास्थ्यकर्मीहरुका लागि दिक्षान्त समारोह पनि आयोजना ग¥यो । स्वस्थ्यमन्त्री थापाले तालिमको दोस्रो सत्रमा स्ट्याण्डफोर्ड यूनिभर्सिटी स्कूल अफ मेडिसिनद्वारा सञ्चालित स्वास्थ्य आकस्मिक सेवा तालिमको दोस्रो ब्याचमा ४७ जना स्वास्थ्यकर्मीलाई समारोहमा प्रमाणपत्र प्रदान गर्यो ।

त्यसैगरी कार्यक्रममा इन्टरनेसनल मेडिकल कप्र्स(आइएमसी) ले नेपाल एम्बुलेन्स सर्भिसलाई ५ वटा नयाँ एम्बुलेन्स सहयोग पनि गरेको छ ।  नेपाल एम्बुलेन्स सर्भिसले काठमाडौँ उपत्यका र चितवनमा दक्ष आकस्मिक सेवा स्वास्थ्यकर्मीहरु सहितको पूर्ण सुविधा सम्पन्न ६ वटा एम्बुलेन्स सञ्चालन गर्दै आएको छ ।

छिट्टै नै यस संस्थाले पोखरा, बुटवल र भैरहवामा पनि सेवा बिस्तार गर्ने भएको छ । आइएमसीका देशीय निर्देशक जोलेने माएमुलिन्सले नेपाल एम्बुलेन्स सर्भिससँग सहकार्य गर्न पाएकोमा खुशी लागेको बताउँदै भविष्यमा एम्बुलेन्स सेवा देश भरिनै सेवा प्रदान गरोस् भनी शुभकामना दिए ।

प्रतिक्रिया दिनुहोस्