को जाग्ने ?



देशमा युवा पुस्तालाई जिम्मेवारी दिइयो भने देशमा विद्यमान अहिलेको अराजकताको अन्त्य हुन्छ कि भन्ने अपेक्षा जनस्तरमा देख्न सकिन्छ। तर, अहिले स्ववियु निर्वाचनमा भावी नेता भनेर चिनिएका विद्यार्थी नेताहरुको पारा हेर्दाचाहिँ जनस्तरमा निराशा छाउन थालेको धरहराले देखेको छ।

निर्वाचन गराउने भन्दा पनि उनीहरु क्याम्पसमा ताला लगाउँदै, आगजनी गर्दै अनि बम पड्काउँदै हिँडेको देखिएको छ। यस्तो भएपछि कसरी युवा पुस्तासँग देशवासीले आशा राख्ने होला? युवा यस्ता हुँदै छन्, बुढाहरुको पारा झन् बिजोग छ। सरकार उस्तै, दल पनि उस्तै। राजनीतिक दलहरुले आफ्ना चेलाचपेटालाई तह लगाउनुपर्ने, त्यो पनि देखिँदैन। एउटा स्ववियु निर्वाचन राम्रोसँग गराउन नसक्ने सरकारले स्थानीय निर्वाचन, अनि अन्य निर्वाचन झन् कसरी गराउला?

कुनै नयाँ खालको शक्ति (बाराभको चाहिँ होइन रे) जनस्तरबाटै उठेर अहिलेका यी अराजकतावादीलाई लखेटेनन् भने देश अझै संकटमा जाने अवस्था देखिएको भनेर धरहरा वरपर धेरैले चिन्ता गरिरहेको अवस्था छ। जनता जाग्ने कहिले होला? ल है अब अरूको भर पर्ने अवस्था देखिएन। जनता स्वतस्फुर्त जागेर देशलाई ठीक ट्रयाकमा ल्याउनुपर्ने जस्तो छ। पाठकवृन्द के भन्नुहुन्छ कुन्नि?

प्रतिक्रिया दिनुहोस्