बडी विल्डिङको नयाँ शोरुम



काठमाडौं, (नेस)
बडी विल्डिङ शोरुमले राजधानीको लाजिम्पाटमा चौंथो शाखा विस्तार गरेको छ। अमेरिकामा उत्पादित उक्त न्युट्रिसनको नयाँ शाखा अभिनेत्री प्रियंका कार्कीले उद्घाटन गर्नुभयो। शारिरिक सुगठन, खेलाडी तथा व्ययामकर्ताहरूलाई लक्षित गर्दै उक्त शोरुम बिस्तार गरिएको हो।

मस्कल टेक र डाइमाटाइज न्यट्रिसन फर नेपाल गरी दुई वटा ब्रान्डको नेपालका लागि आधिकारिक बिक्रेता रहेको बडी विल्डिङ स्टोरले तीन वर्षे व्यावसायिक यात्रामा लाजिम्पाटमा चौंथो शोरुम सञ्चालनमा ल्याएको हो। यसअघि सुनधारास्थित सिभिल मल, कमलपोखरी र कौशलटारमा शोरुमका शाखा सञ्चालनमा आइसकेका छन्। स्टोरका सञ्चालक राजकुमार ढकालले तीन वटै स्टोरमा अधिक मात्रामा भएको न्युट्रिसनको मागलाई ध्यानमा राखेर लाजिम्पाटमा शाखा खोलिएको बताउनुभयो। उहाँले स्टोरले आगामी दिनमा अन्य स्थानमा पनि शाखा विस्तार गर्दै आफ्ना ब्रान्डको बिक्री वितरणलाई तीव्र बनाउने बताउनुभयो।

शारिरिक सुगठनका लागि खाद्यान्न सन्तुलनका सम्बन्धमा परामर्श समेत दिँदै आएको स्टोरले नेपालभरी सक्कली न्युटिर्सनका उत्पादन उपलब्ध गराउन पुलको भुमिका खेल्ने लक्ष्य लिएको छ।

प्रतिक्रिया दिनुहोस्