उपाधि गोल्डेन चौतारीलाई



नेपाल समाचारपत्र
पोखरा
पोखरामा सम्पन्न पाँचौें अन्तर लायन्स फुटबल प्रतियोगिता २०७३ को उपाधि लायन्स क्लब अफ पोखरा गोल्डेन चौतारीले उचालेको छ। सोमबार सम्पन्न खेलमा लायन्स क्लब अफ पोखरा मुनाललाई गोल्डन चौतारीले २–० को गोल अन्तरले पराजित गर्दे २५ हजार ५ सय ५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो। त्यस्तै पोखरा मुनालले १५ हजार ५ सय ५५ रुपियाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ।

पोखरा ५ मालेपाटनस्थित बाराही खेल मैदानमा सम्पन्न फाइनल खेलमा गोल्डेन चौतारीका तर्फबाट दिनेश श्रेष्ठ र म्यान अफ द फाइनल टंक अधिकारीले समान १⁄१ गोल गरे। प्रतियोगिताको उत्कृष्ट खेलाडी लायन्स क्लब अफ पोखरा मुनालका धर्म सिं लामिछाने, सर्वाधिक गोलकर्ता गोल्डेन चौतारीका दिनेश श्रेष्ठ, अनुशासित टिममा लायन्स क्लब अफ पोखरा पिस चौतारी घोषित भएका थिए। प्रतियोगितामा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ बी वान नेपालअन्तर्गतका १६ वटा लायन्स क्लबहरुले भाग लिएका थिए।

प्रतिक्रिया दिनुहोस्