हिस्टेरिक्टोमी उपचार कसरी ?



भगवती तिमल्सिना
नर्थक्यारोलिना, अमेरिका
महिलामा मात्र हुने स्वास्थ्य समस्या हिस्टेरिक्टोमीका बारेमा अधिकांश महिला अनविज्ञ नै हुन्छन्। यो महिनावारी सुक्ने बेलामा निकै लामो समयसम्म ब्लिडिङ भइरहने महिलाको गम्भीर समस्या हो। अधिकांश महिलाले विस्तारै निको हुन्छ भनेर समस्या लुकाउने गरेको पाइन्छ। तर, यस्तो समस्या लुकाउने नभएर समयमै समस्याको पहिचान गरी उपचारको बाटो अपनाउनुपर्छ।

हिस्टेरिक्टोमी समस्या भएका महिलाको अन्तिम उपाय भनेको शल्यक्रियाको माध्यमबाट पाठेघर निकाल्नु हो। यो समस्या ब्लिडिङ अर्थात् अन्य समस्याका कारण पनि हुन सक्ने गाइनोकोलोजिस्टहरूको भनाइ छ। कतिपय अवस्थामा पाठेघरको क्यान्सर हुँदा पनि शल्यक्रियाको माध्यमबाट पाठेघर नै निकाल्नुपर्ने हुन्छ। क्यान्सर नभएको अवस्थामा अन्य उपचार विधिबाट पनि हिस्टेरिक्टोमीको उपचार गरिन्छ। तर, यो दीर्घकालका लागि नहुन पनि सक्छ र अन्ततः शल्यक्रिया नै गर्नुपर्छ।
हिस्टेरिक्टोमी शल्यक्रिया गर्नुपूर्व चिकित्सकहरूले बिरामीलाई पाठेघर मात्र निकाल्ने कि ओभरी पनि निकाल्ने भन्ने सल्लाह गर्छन्। र, बिरामीले जे चाहना गर्छन् सोहीअनुरूप बिरामीको ओभरीको अवस्था हेरी शल्यक्रिया गर्ने गरेको अमेरिकास्थित नर्थक्यारोलिनाको वाक फरेस्ट ब्याप्टिस अस्पतालका वरिष्ठ गाइनोकोलोजिस्ट डा. बर्जेसले बताउनुभयो।

कतिपय अवस्थामा पूरै निकाल्नुपर्छ भने अन्य अवस्थामा क्यान्सर हो⁄होइन सबै परीक्षण गरी के–कसरी शल्यक्रिया गर्दा बिरामीलाई दीर्घकालीन राम्रो हुन्छ चिकित्सकले त्यही गर्नुपर्छ। हिस्टेरिक्टोमी शल्यक्रियाको दुई वटा माध्यम हुन्छन् जुन एउटा परम्परागत या ओपन शल्यक्रिया हुन्छ। अमेरिकामा झन्डै ६५ प्रतिशत शल्यक्रिया ओपन गरिन्छ। २ देखि ३ दिनमा अस्पतालबाट डिस्चार्ज गरिन्छ र विस्तारै हिँड्न सिकाइन्छ। हिस्टेरिक्टोमी शल्यक्रिया गरेका महिलाले ६ हप्तासम्म १० पाउन्डभन्दा बढी तौल नउठाउने, यौन सम्पर्क नगर्ने, खानपानमा चिल्लो, पीरो र अमिलो नखाने गरेमा छिटोभन्दा छिटो निको हुन्छ।
बिरामीले उपचारपछिका दिनमा हिँडडुल गर्ने, दैनिक खानपान, सरसफाइलगायत चिकित्सकको सल्लाहअनुसार हिँडेमा पछिल्ला दिन निकै शान्त र सुखमय हुने तथा उपचारपछि महिलाहरूले सुनाउने गरेको पाइन्छ। यो शल्यक्रियापछि ६ देखि ८ हप्ता पूरा घरमै आराम गर्नुपर्छ। जुन बेला आफूलाई पूरा निको भएको महसुस हुन्छ चिकित्सकसँग सल्लाह लिएर मात्र कामको थालनी गर्न सकिने चिकित्सकहरू बताउँछन्।

शल्यक्रियापछि के–के मा ध्यान दिने ?

१ सय १ भन्दा बढी ज्वरो आएमा, बढी रगत बगेमा वा भित्र दुखाइ भएमा, अत्यधिक दुखाइ भएमा, चक्कर धेरै लाग्ने, छाती दुख्ने, वान्ता आउने जस्ता समस्या भएमा तत्काल चिकित्सकको सल्लाह लिने या अस्पताल जाने।
कतिपय अवस्थामा महिलामा असामान्य अवस्था आउन सक्छ। यस्ता अवस्थामा मानसिक समस्याको थेरापी पनि गर्नुपर्छ। तर, धेरै महिला उपचारपछि आनन्द भएको महसुस गर्छन्। लामो समयसम्म समस्या भोगेर बसेका महिला उपचारपछि आफूलाई निकै ठूलो समस्याबाट मुक्ति पाएको महसुस गर्छन्।

प्रतिक्रिया दिनुहोस्