कालिकोटमा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार



कालीवहादुर मल्ल
कालिकोट
स्ववियु निर्वाचनको विषयलाई लिएर अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारी, राप्रविसको विद्यार्थी प्यानलबीच झडप हुँदा चार जना विद्यार्थी घाइते भएका छन्।

माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य लक्ष्मण बमको ढुङ्गा प्रहारबाट मान्म गाविस ५ निवासी अनेरास्ववियुका १६ वर्षीय मदन सिंह, थिर्पु गाविस ५ का १७ वर्षीय मन्दिरराज रोकाया र दाहाँ गाविस ३ का १७ वर्षीय नवीन शाही घाइते भएका छन्। घाइतेमध्ये मदन सिंह र मन्दिराजको अवस्था गम्भीर रहेको छ। घाइते सिंहको जिल्ला अस्पताल कालिकोटमा र अन्यको आविष्कार मेडिकलमा भइरहेको छ।

माओवादी केन्द्र निकट शिक्षक संगठनका जिल्ला अध्यक्षलाई नेविसंघ र अनेरास्ववियुका कार्यकर्ताले फागुन १६ गते मोसो दलेका थिए। शिक्षक संठनका अध्यक्षलाई मोसो दलेपछि अक्रोशित भएका माओवादी केन्द्रका कार्यकर्ताहरूले नेविसंघ र अनेरास्ववियुको जुलसमा ढुङ्गा प्रहार गरेपछि झडप भएको थियो।

झडपपछि जिल्लाको अवस्था तनावग्रस्त भएपछि प्रहरीले अश्रुग्यास प्रहार गर्नुपरेको प्रहरी प्रमुख डीएसपी योगेन्द्र खड्काले बताए।

प्रतिक्रिया दिनुहोस्