अब दश लाखभन्दा माथिको कारोबार चेक मार्फत गर्नु पर्ने



काठमाडौं, १६ फागुन ।
१० लाखभन्दा माथिको कारोबार गर्दा अनिवार्य रूपमा बैङ्क चेक मार्फत गर्नुपर्ने प्रावधान सरकारले ल्याएको छ ।
नगद कारोबार गर्दा अर्थतन्त्रमा नकारात्मक असर परेको भन्दै यस्तो प्रावधान ल्याएको अर्थ मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार यो प्रबधान आगामी आर्थिक वर्षदेखि मात्रै लागू हुने छ । सरकारको यो प्रावधानसँगै आगामी आर्थिक वर्षदेखि कुनै पनि सङ्घ–संस्था, व्यावसायिक फर्म वा व्यक्तिले पनि १० लाख माथिको कारोबार गर्दा अनिवार्य चेकको प्रयाग गर्नुपर्नेछ ।

यो प्रावधानले वित्तीय क्षेत्रमा सुधार ल्याउनुको साथै सम्पत्ति शुद्धीकरणमा समेत सघाउ पुग्ने अर्थ मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्