नोकियाले ल्यायो फेरी ३३१० मोडेलको ह्यान्ड सेट



काठमाडौं, एजेन्सी ।
नोकियाले ३३१० मोडलको मोबाइल फोन फेरी बजारमा ल्याएको छ । यो मोडेलको मोबाइल फोन बजारमा सबैभन्दा बढी बिक्री भएको थियो ।

कम्पनीले बजारलाई मध्य नजर गर्दै ३३१० मोडेलको ह्यान्ड सेट ल्याएको जनाईएको छ । ह्यान्ड सेटका साथै नोकियाले तीन नयाँ एन्ड्रोइड समार्टफोन पनि सार्वजनिक गरेको हो ।

नोकियाले आफ्नो पुरानो रिङब्याक टोनलाई कायम गर्दै बजारमा ल्‍याइएको जनाएको छ।रातो, पहेलो र खैरो तथा निलो रंगमा सार्वजनिक गरिएको ३३१० मोडलको नोकियालाई एक पटक चार्ज गर्दा २२ घण्टासम्म टिक्‍ने कम्पनीले दाबी गरेको छ।

३३१० फिचर फोन मै सीमित राखिए पनि यसमा सीमित इन्टरनेट सेवा उपलब्ध छ । यो एस ३० प्लस अपरेटिङ सिस्टमबाट चल्छ र यसमा ‘२.५ जी’को कनेक्टीभीटी छ ।

फोनमा २ मेगापिक्सलको क्यामेरा पनि छ । यो फोनको विशेषता ब्याट्री नै हुनेछ जसले लगभग एक महिनाको स्ट्याण्डबाइ समय दिनेछ ।

यसमा १६ एमबीको स्टोरेज क्षमता रहेको छ जसलाई मेमोरी कार्डको सहायताले बढाएर ३२ जीबीसम्म पुर्‍याउन सकिन्छ। यसमा १२ सय एमएएचको ब्याट्री राखिएको छ। यसको मूल्य ३ हजार पाँच सय रुपैया राखिएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्