गोरखाको दृब्य शाह क्याम्पसमा बम बिष्फोट



सन्तोष अधिकारी, गोर्खा ।
यहाँको दृब्यशाह बहुमुखी क्याम्पसमा बम बिष्फोट भएको छ । गोरखा नगरपालिका–८ लक्ष्मी बजारमा रहेको सो क्याम्पसको हाता भित्र सोमबार बिहान ११ बजेर ३० मिनेट जाँदा बम विष्फोट भएको हो । स्ववियू निर्वाचन नजिकिँदै जाँदा जिल्लामा विभिन्न विद्यार्थी संगठनहरुविच बिवाद बढ्दै जाँदा बम बिष्फोट भएको हो ।

बम पड्केको थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटना स्थलको निरिक्षण गर्दा धागो बाँधेको ठूलो आवाज आउने बम पड्केको हुन सक्ने जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी जनकराज पाण्डेले जानकारी दिए ।

उनका अनुसार अन्य समुहका विद्यार्थीहरुलाई तर्साउन कुनै संगठनका विद्यार्थीले उक्त बम पड्काइएको हो । कस्ले पड्कायो भन्ने बारे अहिलेसम्म केहि नखुलेको उनको भनाई छ ।

बिष्फोट पछि नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचालन गरिएको छ । द्रव्यशाह क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनावका लागि नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, नयाँ शक्ति विद्यार्थी युनियनले प्यानल सहित उमेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्