८९ औं ओस्कर अवार्डमा उत्कृष्ट फिल्मको उपाधी मुनलाइटलाई



काठमाडौं, १६ फागुन ।
८९ औं अस्कर अवार्डमा उत्कृष्ट फिल्मको उपाधी मुनलाइटले पाएको छ । उद्घोषकले उत्कृष्ट फिल्मको नाम घोषण गर्दा सुरुमा ला ला ल्याण्डको नाम उच्चारण गरेपनि उक्त घोषणा गलत भएकाले त्यसलाई सच्याउँदै मुनलाईटलाई उत्कृष्ट फिल्म घोषित गरियो।
त्यस्तै कासेए अफ्लेक उत्कृष्ट अभिनेता घोषित भएका छन्।
ब्यारी जेनकिन्सले निर्देशन गरेको मुनलाइटले ला ला ल्याण्ड, अराइभल, फेन्सेस, हक्सव रिड्ज, हेल अर हाई वाटर, हिडन फिगर्स, लायन र म्यानचेष्टर बाई द सीलाई पछि पार्दै उत्कृष्ट फिल्मको अवार्ड जित्यो।

यता १४ विधामा मनोनित भएको म्युजिकल फिल्म ला ला ल्याण्डले उत्कृष्ट निर्देशक र उत्कृष्ट अभिनेत्रीसहित ६ विधामा अवार्ड जितेको हो।

उत्कृष्ट अभिनेताको अवार्ड भने म्यानचेष्टर बाई द सी बाट कासेए अफ्लेकले जिते। ला ला ल्याण्डबाट डामिएन चाजेले उत्कृष्ट निर्देशकको अवार्ड जिते भने एम्मा स्टोनले उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारिन्।

ला ला ल्याण्डले बेस्ट ओरिजिन सङ, बेस्ट ओरिजिन स्कोर, बेस्ट सिनेम्याटोग्राफी प्रोडक्सन डिजाइनको अवार्ड पनि जितेको छ।

उत्कृष्ट सहअभिनेताको अवार्ड भने मुनलाइटबाट महेर्साला अलीले जिते भने उत्कृष्ट सहअभिनेत्रीको अवार्ड फेन्सेसबाट भिओला डेभिसले जितिन्।

त्यस्तै गरी, इरानी फिल्म ुद सेल्सम्यानु उत्कृष्ट विदेशी भाषाको फिल्मको पुरस्कार प्राप्त गर्‍यो।

प्रतिक्रिया दिनुहोस्