कलाकार रामशेखरको निधन



 

काठमाडौं नेस, प्रसिद्ध कलाकार,साहित्यकार तथा निर्देशक रामशेखर नकर्मीको आज विहान करिव ७ः३० बजे भतmपुर क्यान्सर अस्पतालमा निधन भएको छ ।

उहाँ केही समयदेखि क्यान्सर रोगबाट पीडित भई सोही अस्पतालमा उपचार गराइरहनु भएको थियो । केही दिन अधिमात्र उहाँको उपचारको लागि सहयोग जुटाउन नरेन्द« भतm हाडाको संयोजत्वमा सहयोग समिति गठन गरिएको थियो ।

८१ वर्षीय कलाकार नकर्मीले प्रसिद्ध हास्य कलाकार मदन कृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यद्धारा निर्देशित कयौं प्रहशन तथा टेली श्रृंखलाहरुमा अभिनय गरिसक्नु भएको छ । नेवारी हास्य विधामा पारंगत कलाकार तथा साहित्यकार नकर्मीको चाहना अनुसार उनको सिमातफ ः फ. नामक नेपाल भाषाको कृतिलाई नेपालीमा अनुवाद गरी प्रकाशित गर्नु हाडा समयोजक रहेको समितिले जनाएको छ ।

उहाँको निधनको खवर सुन्ने बित्तिकै कलाकार,साहित्यकार र उहाँका शुभचिन्तकहरु श्रद्धाञ्जलीका लागि हस्पिटलमा जम्मा हुन थालेका छन् । उहाँको पार्थिव शरीर अन्तिम दर्शनका लागि क्यान्सर अस्पतालवाट उहाँको निवास इनाचोटमा लग्ने तयारी भइरहेको छ ।

हास्य ब्ंयग्य विधाका दर्जनौं पुस्तका रचयिता नकर्मीको अन्तिम सस्कार भतmपुरको हनुमानधाट दीपमा आजै गरिने पारिवारिक स्रोतले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्