उपन्यायाधिवक्ताविरुद्ध भ्रष्टाचारको मुद्दा



काठमाडौं, (नेस)
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका उपन्यायाधिवक्ता प्रकाश घिमिरेविरुद्ध आइतबार विशेष अदालतमा घूस मुद्दा दर्ता गरेको छ।

उपन्यायायाधिवक्ता घिमिरेले एक फौजदारी मुद्दालाई सहज बनाइदिने आश्वासन दिई सम्बन्धित पक्षसँग २० हजार रुपियाँ घूस लिएको आरोप लगाई अख्तियारले मुद्दा दायर गरेको हो। अख्तियारले घिमिरेले घूस लिएको आरोपमा अख्तियारले केही दिनअघि नियन्त्रणमा लिएको थियो।

प्रतिक्रिया दिनुहोस्