दल दर्ताको आह्वान



काठमाडौं, (नेस)
निर्वाचन आयोगले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि दल दर्ता गराउन आग्रह गरेको छ। आयोगको आइतबार बसेको बैठकले सो आग्रह गरेको हो। निर्वाचनमा भाग लिन चाहने दलले तोकिएको ढाँचामा आफ्नो दलका दर्शन तथा सिद्धान्तसहित आयोगमा आउँदो बुधबारसम्ममा निवेदन दिन सक्ने आयोगले जनाएको छ।

यसअघि जिल्लाका जिल्लास्तरीय समितिमार्फत् सम्बन्धित जिल्लास्थित क्षेत्रीय निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयमा विवरण उपलब्ध नगराएका दलहरूले पनि अहिले निवेदन दिन सक्ने आयोगले जनाएको छ। निवेदन दर्ता गराउने राजनीतिक दलहरू नेपालको संविधानको धारा २७१ बमोजिम स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दर्ता भएको मानिनेछ।

प्रतिक्रिया दिनुहोस्