लागू औषध सहित टौखेलका राजु पक्राउ



रौतहट, १५ फागुन ।
लागू औषध सहित ललितपुर गोदावरी–१ टौखेलका राजु केसीलाई प्रहरीले शनिबार समातेको छ ।

उनको साथबाट प्रहरीले लागू औषध डाईजेपाम ईन्जेक्सन १२ थान, फेनारगन ईन्जेक्सन १२ थान, नुर्फिन ईन्जेक्सन १० थान, नाईट्रोभेट ट्याव्लेट ३ एम्पुल र लाईफलाईन सिरिन्ज ३ थान बरामद गरेको छ ।

उनलाई चन्द्रपुर–१ स्थित चस्पुर चोकमा प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनले बोकेको कालो रङको झोलामा उक्त लागू औषध फेला पारी नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्