भारत पराजित



नयाँ दिल्ली, (एजेन्सी)
भारतको १९ टेस्ट अपराजित यात्रा अस्ट्रेलियासँग ३ सय ३३ को भारी रनले हारेर समाप्त भएको छ। चार खेलको टेस्ट सिरिजअन्तर्गत पहिलो टेस्टमा अस्ट्रेलियाले सानदार जित हात पारेको हो। यो अस्ट्रेलियाको २००४ पछि भारतको भूमिमा पहिलो टेस्ट जितसमेत हो। पुणेमा भएको सो खेलमा पहिलो इनिङमा अस्ट्रेलियाले १ सय ५५ रनको अग्रता लिएको थियो। भारतले पहिलो इनिङमा १ सय ५ रन मात्रै बनायो भने ४ सय ४१ लक्ष्य पाएको घरेलु टोलीले दोस्रो इनिङमा पनि खराब प्रदर्शन गरेको थियो। भारत २ सय ८५ रनमा अलआउट हुँदा अस्ट्रेलियाका बायाँ हाते स्पिनर स्टिभ ओकीफेले ३५ रन दिएर ६ विकेट लिएका थिए। सो खेलमा भारतको भ्रमणमा रहेको अस्ट्रेलियाली कप्तानले भारतमा पहिलो शतकसमेत प्रहार गरे। उनले दोस्रो इनिङमा १ सय ९ रन जोडेका थिए।

प्रतिक्रिया दिनुहोस्