कार र्यालीका सहभागीलाई बिदाइ



काठमाडौं (नेस)
नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन पूर्वाञ्चल शाखाले हिमालयन ड्राइभ पाँचौ अन्तर्राष्ट्रिय कार र्यालीमा सहभागी टोलीलाई शाखाले बिदाई गरेको छ। अन्तर्राष्ट्रिय कार र्यालीेमा सहभागी १५ जना नेपाली टोलीलाई उपाध्यक्ष भविशकुमार श्रेष्ठले बिदाई गरेको हो।

उक्त टोली कार्यक्रममा सहभागी हुन भारतको सिलगुडी प्रस्थान गरेको छ। टोली ६० वटा कारमा दुई सय ५० जनाको सहभागिता रहने छ। जसमा पाँचवटा नेपालका, २० वटा आयोजकका र अन्य भारत तथा भुटानका कार रहनेछन्। र्याली फागुन १४ गतेबाट शुरु भएर चैत १९ गते सकिने छ।

एसोसिएसनका सदस्य सन्तोष थापाले र्याली भारतबाट शुरु भई भुटान हुँदै नेपालमो इलामको पशुपतिनगरबाट प्रवेश गरेर बिर्तामोड, इटहरी, भेडेटार, हिले भएर विराटनगरको महेन्द्रचोकबाट भारतको सिलिगुडीमा पुगेर समापन हुने जानकारी दिए।

थापाका अनुसार नेपाल, भारत र भुटानको सांस्कृतिक, पर्यटन तथा व्यावसायिक विकास तथा समन्वयका लागि र्यालीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ।

उहाँका अनुसार समय, गति र दूरीलाई ख्याल राखेर ट्राफिक नियमको पालना गर्दै र्याली हुने रे अनुशासनको पालना र आयोजकले बनाएको नियमलाई ख्याल गरेर विजेता घोषित गरिने छ।र्यालीमा प्रथम हुनेलाई भारु एक लाख, द्वितीयलाई ५० हजार र तृतीयलाई २५ हजार नगद र ट्रफी प्रदान गरिने जनाइएको छ

प्रतिक्रिया दिनुहोस्