लुटपाट गर्न खोज्ने चार युवक पक्राउ



उर्लाबारी (मोरङ), १४ फागुन । मोरङको भातिगन्ज– २ स्थित भित्री सडकमा गएराति मादक पदार्थ सेवन गरी लुटपाट गर्न खोज्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भातिगन्ज– २ बस्ने ३० वर्षीय पशुपति राजवंशी, ३० वर्षकै धनिराम राजवंशी, ३३ वर्षीय रमेश राजवंशी र २० वर्षीय श्रीनन्दन राजवंशी रहेका छन् । उनीहरुलाई वडा प्रहरी कार्यालय विराटनगर हाटखोलाबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो ।

सो समूहले विराटनगर –९ स्थित मेडिकल पसलबाट मोटरसाइकलमा घर फर्कने क्रममा भातिगन्ज– ४ बस्ने रोहित यादव र भरत यादवलाई लुटपाट गर्न खोजेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्