हिमालयन बैंकद्वारा सहयोग



काठमाडौं, (नेस)
हिमालयन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नागार्जुन नगरपालिका सीतापाइला, आदेश्वरस्थित हेल्पिङ ह्यान्ड्स चिल्ड्रेन होमका बालबालिकालाई सहयोग प्रदान गरेको छ ।

बैंकले उक्त चिल्ड्रेन होमका २१ जना बालबालिकालाई स्कुल ब्याग, जुत्ता तथा खाद्यान्न (चामल, दाल, खाने तेल, नुन, चिनी, गेडागुडी, विस्कुट आदि) प्रदान गरेको छ । देशका विभिन्न स्थानका अनाथ बालबालिकालाई उक्त चिल्ड्रेन होमले आश्रय दिइरहेको छ । बैंकका तर्फवाट बैंकका महाप्रबन्धक सुशील जोशीले उक्त सहयोग सामग्री हस्तान्तरण गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्