व्यावसायिक काउली उत्पादनबाट १२ लाख आम्दानी



रसुवा, (नेस)
जिल्लाको तल्लो भागमा पर्ने तीन वटा गाविसका कृषकले व्यावसायिक काउली खेतीबाट राम्रो आम्दानी लिन सफल भएका छन् ।
जिल्लाको धैबुङ, भोर्ले र लहरेपौवाका एक सय १६ परिवार कृषकले ३२ हजार ६०१ किलो काउली बिक्रीबाट १२ लाख ८ हजार ७७७ रुपियाँ आम्दानी गरेका छन् । भूकम्पपछिका दिनमा काउली उत्पादनको कारण जिविकोपार्जनमा सहयोग पुगेको कृषकले बताएका छन् ।

धैबुङ–२ का खुवाप्रसाद न्यौपानेले १८ सय किलो काउली उत्पादनबाट ७२ हजार रुपियाँ आम्दानी लिन सफल हुनुभएको छ । न्यौपानेका अनुसार जिल्लामा उत्पादन भएको काउली जिल्लाको धुन्चे, कालिकास्थान, स्याफ्रु, बेत्रावती, टिमुरको साथै नुवाकोटको त्रिशूलीमा समेत बिक्री हुने गरेको छ । जिल्ला कृषि विकास कार्यालय र सामुदायिक आत्मनिर्भर सेवा केन्द्रमार्फत् किसानलाई दिगो जिविकोपार्जनमा उत्प्रेरित गर्दै नियमित खेतीका लागि सहयोग गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्