हुर्मत



नेपालीलाई खान कुनै बहाना चाहिँदैन। कहिले के कहिले के हरेक पर्वको नाममा नेपालीले खाने गरेको देखेर धरहरा पनि छक्क परेको छ। शुक्रबार हिन्दँहरूका आस्थाका केन्द्र भगवान् शिवको आराधना गर्ने दिन। त्यही दिनको मौका छोपेर युवायुवतीले समाजकै हुर्मत लिनेगरी गाँजा, भाङ र धतुरो खाएको देख्दा नेपाली समाज पनि एडभान्स भएछ भन्ने धरहराले देख्न पायो।

पशुपति क्षेत्रमा मात्रै होइन, अन्य शिव मन्दिरमा समेत युवायुवतीले गाँजा र भाङ सेवन गरेपछि लठ्ठ भएर खुला ठाउँमा नै गर्न हुने अनि नहुने हर्कत गरेको देखेपछि धरहरालाई लाज लागेर आयो। हैन शिवरात्रीमा गाँजा, भाङ खानै पर्ने हो र भनेको? भगवान् शिवले मनुवालाई गाँजा, भाङ खानु भनेको त होइन।

किन बहाना बनाएर समाज क्रमभंग हुँदै गएको होला भन्ने धरहराले सोच्न थालेको छ। मस्ती गर्ने बहानामा भगवान्लाई बीचमा ल्याएको धरहरालाई पटक्कै मन परेको छैन है पाठकवृन्द।

प्रतिक्रिया दिनुहोस्