टेस्ट सिरिजको पहिलो खेलमा भारत खराब स्थितिमा



रोविन पौडेल, काठमाडौं ।
भारत र अस्ट्रेलिया बीचको पहिलो टेस्टमा पहिलो ईनिङ्स सकिँदासम्म भारत खराव स्थितिमा पुगेको छ । पहिलो ईनिङ्समा अलआउट हुनुपुर्व भारतले १०५ रनमात्र बनाउन सक्यो ।

भारतका लागि केएल राहुलले सर्वाधिक सर्वाधिक ६४ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । भारतका ८ व्याट्सम्यानले दोहोरो स्कोर बनाउन सकेनन् । भारतको ईनिङ्स ध्वस्त बनाउने क्रममा अस्ट्रेलियाका ओकिफि एक्लैले ५ विकेट लिए ।

यस अघि टस जितेर व्याटिङ्ग रोजेको कङ्गारु टोलि पहिलो ईनिङ्समा २६० रनमा अलआउट भएको थियो । अस्ट्रेलियाका रेन्साले टोलीका लागि सर्वाधिक ६८ रनको योदान दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्