जेभियरलाई दोहोरो उपाधि



नेपाल समाचारपत्र
काठमाडौं
जेभियर इन्टरनेसनल कलेजले दोस्रो नारायणप्रसाद श्रेष्ठ स्मृति क्वेस्ट अन्तरकलेज बास्केटबल प्रतियोगितामा बिहीबार दोहोरो उपाधि जितेको छ। ग्वार्कोस्थित आयोजक क्वेस्ट इन्टरनेसनल कलेजको कोर्टमा भएको ब्वाइज फाइनलमा जेभियरले एसियन कलेजलाई ४९–४० ले पराजित गर्यो। टोलीका जितमा विनेश न्यौपानेले १८ अंक योगदान गरे।

गल्र्सको उपाधि भिडन्तमा जेभियरले सेन्ट जेभियर्सलाई २४–७ ले सहजै हरायो। जेभियरकी शान्ति श्रेष्ठले १२ अंक जोडिन्। ट्रफीसँगै दुवै समूहका विजेताले समान १८ हजार र उपविजेताले समान १२ हजार नगद पुरस्कार हात पारे। ब्वाइजमा कुन्खेन थिङ लामा र गल्र्समा शान्ति श्रेष्ठ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए। जेभियरका दुवैले समान ३ हजार नगद पुरस्कार पाए।

प्रतिक्रिया दिनुहोस्