पाठेघरसम्बन्धी निःशुल्क शिविर सम्पन्न



नेपाल समाचारपत्र
बाजुरा
ग्रामीण भेगका महिलाको पाठेघर खस्ने समस्याको निःशुल्क शिविर बुधबार सम्पन्न भएको छ। सुदूरपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय तथा जिल्ला स्वास्थ्य कार्यालय बाजुराको आयोजना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको प्राविधिक सहयोगमा उक्त शिविर सञ्चालन गरिएको थियो।

बिहीबार सम्पन्न भएको शिविरबाट ३० जना महिलाको अप्रेसन भएको र ९ जना महिला रिफर गरिएको शिविर सञ्चालनका संयोजक रामबहादुर मल्लले बताउनुभएको छ। बाजुराजस्तो विकट जिल्लाका महिलाको समस्यालाई मध्यनजर गर्दै बाजुरामा पहिलो प्राथमिकता दिँदै निःशुल्क शिविर सञ्चालन गरिएको बताउनुभयो। उहाँले सुदूरपश्चिमका ९ जिल्लाका लागि ४ सय ३० को कार्यादेशअनुसार शिविर सञ्चालन गरिएको हो।

शिविरमा हिमाली जिल्लाका बिरामीको उपचारपछि १ हजार ५ सय यातायात खर्च र उपचारपश्चात् खानाको व्यवस्था गरिएको बताउनुभएको छ। यो रोग नै नभएकाले यसलाई न्यूनीकरण गर्नका लागि जिल्ला जनस्वास्थ्य कार्यालय बाजुराले पहल गर्नुपर्ने बताउनुभयो। आफू बाजुराबासी भएकाले प्राथमिकता दिएको उल्लेख गर्नुभएको छ। बाजुरापछि अछाम डोटी हुँदै ९ जिल्लामा निःशुल्क शिविर सञ्चालन गरिने भएको भएको छ।

यति शिविरमा सेवा लिन छुटेका महिलाहरूले अछाममा सम्पर्क गर्न
उहाँले आग्रह गर्नुभएको छ। यता जिल्ला स्वास्थ्य कार्यालय बाजुराले भने शिविरमा त्यति ध्यान नदिएको गुनासो गरेको छ। आफू जति स्थानीय भएर शिविरमा खटिएर आए पनि त्यति जिल्ला स्वास्थ्य कार्यालयले चासो नदेखाएको गुनासो गर्नुभएको छ।

यता जिल्ला स्वास्थ्य कार्यालय बाजुराका कार्यालय प्रमखु डा. मोहन नाथले आफूहरू शिविरमा खटिएको र सेवाग्राही आफैं सेवा लिन नआएर वञ्चित भएको बताउनुभएको छ। उहाँले नागरिकहरू सूचना र टेलिफोन गरेर सेवा लिन आउनुपर्यो भन्दा पनि उपस्थिति नभएको बताउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्