सहयोगको लागि याचना



सिन्धुली (नेस)

‘मलाई सहयोग गरिदिनुस हजुर, म बाँच्न चाहान्छु, म गरिबको कोही छैन, श्रीमान लाटो, छोराहरु कता हो कता? एउटा ८ वर्षको छोरो पनि हराएको १ महिना भई सक्यो, मेरो पेटको ४ वर्ष देखि उपचार गर्दा गर्दै भएको सबै बेचि सकें ।’ यो याचना लाम्पनटार गाविस वडा नं. ४ का नसे दमाईकी श्रीमती रामकुमारी दमाईको हो ।

रामकुमारी दमाई विगत एक हप्ता देखि आफ्नो उपचारको लागि सिन्धुलीमाढीका व्यापार, समाजसेवी सबैसँग हात पसारेर आफ्नो जिवनको भिक मागि  रहेकी छिन ।

लाम्पानटार गाविस कार्यालयले सहयोगको लागि सिफारिस गरिदिएको पत्र बोकेर सबै सँग हात पसारी रहँदा सदरमुकाममा विहान बेलुका हातमुख जोड्न पनि नपुग्ने भएकोले जिवन रक्षा गरिदिन याचना गरिरहेकी छिन् ।

उनी भन्छिन् ‘हामी गरिब हजुर, मरिजाँन सकिदो रहेनछ, बाँच्न मन छ तर पैसा छैन, मेरो उपचार गर्दा गर्दै भएको सबै सकियो, आफ्नो कोहि नभए पछि साहुले पनि पत्याउदो रहेनछ ।’ पहिलो श्रीमानको तीन भाइ छोरा र एक वहिनी छोरी छन् तर सबै आफ्नो गरि खाई रहेका छन् कोहिले हेर्दैन, अहिलेको श्रीमान
पट्टिको  एउटा बालाखा छोरा थियो, त्यो पनि यतै बजार आको छ भन्छ खोजी राछु भेटेको छैन’ उनी गुनासे गर्छिन ।

उमेरले  ४४ भए पनि करिब ६०/६५ को जस्तो देखिने शरिर लिएर दैनिक आफ्नो जिवनको भिख मागेर हिडि रहेकी छिन् रामकुमारी तर सिन्धुलीका व्यापारि तथा समाजसेवीले दिएको १०/२० रुपयाले के नै हुन्थ्यो र ?

प्रतिक्रिया दिनुहोस्