गुल्मीको पौदी अमराई र ग्वालीचौर जोडने पुलको उद्घाटन



अनिल खत्री

गुल्मी फागुन १२ । बाग्लुङको ग्वालीचौर र गुल्मीको पौदी अमराई जोडने वालुवा पुलको नेकपा एमालेका सचिव तथा गुल्मी क्षेत्र नं ३ का सांसद गोकर्ण बिष्टले उद्घाटन गरेका छन् । २०७२ साल पुष महिनाबाट निर्माण थालिएको ७१ मिटर झोलुङ्घे पुलको बिष्टले उदे्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै खोलावारी र पारी रहेको गुल्मी र वाग्लुङको सम्बन्ध पुलले एकैठाउँ बनाएकोमा खुसी प्रकट गरे । उनले तत्काका झोलुङे पुलबाट जनजीवन सहज बनाएको बताउँदै केहि बर्षमा पक्की पुल पनि निर्माण गर्ने बताए ।

नेता बिष्टले जिल्लाका विभिन्न स्थानमा जनताको भावना र इच्छा अनुसारकै विकासलाई अगाडी बढाएको बताउँदै आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने बताए । उनले जिल्लाका धेरै योजनाहरु फोनकै भरमा पारेको बताउँदै तत्काल आउने समस्यालाई अलि छिटो आफुलाई जानकारी गराउन आग्रह गरे ।

गत असार महिनामा सम्पन्न भएको पुल करिव ३३ लाखको लागतमा सम्पन्न भएको हो । पुल जिल्ला विकास समितिको आर्थिक सहयोगमा सृजनशिल सामुदायिक विकास केन्द्रको समाजिक तथा प्राविधिक रहयोग रहेको छ । कार्यक्रममा पुल निर्माण गर्न जग्गा सहयोग गर्ने दुई जनालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्