आप्रवासी निकाल्ने कडा निर्देशन



वासिङ्टन, (एजेन्सी)
अमेरिकामा ट्रम्प प्रशासनले अवैध आप्रवासीहरूलाई बाहिर निकाल्ने प्रक्रियालाई तीव्रता दिनका लागि नयाँ कडा निर्देशन जारी गरेको छ। सबैभन्दा पहिला आपराधिक रिकर्ड र कानुनी कागजात नभएका आप्रवासीहरूलाई निसाना बनाइने छ। यसमा गम्भीर अपराधमा सहभागी रहेकालगायत साधारण ट्राफिक नियम उल्लंघन गर्ने वा पसलबाट सामान चोरी गरेकामा पक्राउ परेकाहरूलाई पनि समावेश गरिएको छ। उक्त निर्देशनले अमेरिकी सुरक्षाका लागि खतरा मानिएकालाई पनि निसाना बनाइने जनाइएको छ। यस आदेशले अमेरिकामा करिब १ करोड १० लाख विदेशी आप्रवासीलाई असर पार्न सक्नेछ। तर ओबामा शासनकालमा अमेरिका आएका आप्रवासी बच्चालाई भने छुट दिइनेछ।

होमल्यान्ड सेक्युरिटी डिपार्टमेन्टले उक्त निर्देशन लागू गर्नका लागि १० हजार अतिरिक्त अधिकारी नियुक्त गर्ने योजना बनाएको छ।

प्रतिक्रिया दिनुहोस्