नेप्सेमा उच्च गिरावट



काठमाडौं(नेस)
शेयर बजारमा राजनीति प्रभाव प्रत्यक्ष रुपमा परेको छ। सोमबार सरकारले स्थानीय निकायको चुनाव घोषणा गरेपछि बिच्चिकएका मधेसी दलले मधेसमा आन्दोलनको घोषणा गरेसँगै त्यसको प्रभाव नेप्सेमा परेको हो।

पछिल्लो दिनमा तरलता अभाव कम हुँदै गरेको महसुस हुँदै गर्दा राजनीति रुपमा देखिएको अस्थिरताले बजार प्रभावित भएको हो। जसका कारण बुधबार पनि बजार घटेको छ। मंगलबार ७ अंकले आरोलो लागेको नेप्से बुधबार १३ दमलव ४६ अंकले घटेर १३ सय ४४ दशमलव ११ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ।

परिसुचक घटेसँगै बुधबार शेयर कारोबार रकम पनि उच्च गिरावट आएको देखिन्छ। मंगलबार ६० करोड रुपैयाँको शेयर किनबेच भएकोमा बुधबार जम्माजम्मी ३४ हिजो कारोबार भएका समूहमा गिरावट आएको छ। हिजो सबैभन्दा बढी बीमा समूहमा गिरावट आएको छ। यो समूह ११२ दशलमव ६९ अंकले घटेको छ। त्यस्तै बैंकिङ १४ दशमलव १९ अंकले, होटल समूह ४१ दशमलव ७ अंकले, जलविद्युत समूह ४ दशमलव १५ अंकले, फाइनान्स समूह ३ दशमलव ५७ अंकले, विकास बैंक शुन्य दशमलव ३५ अंकले र अन्य समूह ६ दशमलव ९४ अंकको गिरावट आएको छ। आज सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको दुई करोड भन्दा बढीको शेयर किनबेच भएको छ। त्यस्तै नबिल बैंकको प्रमोटर शेयर, बैंक अफ काठमाडौं लुम्बिनी, शिखर इन्स्योरेन्स र प्रभु बैंक गरी चार कम्पनीको एक करोड भन्दा बढी रुपैयाँको शेयर किनबेच भएको छ।

हिजोको कारोबारमा सबैभन्दा बढी कमाउनेमा कर्णाली विकास बैंकका लगानीकर्ता रहेका छन्। कम्पनीको शेयर मूल्य आज १० प्रतिशतले बढेको छ। त्यस्तै सर्वाधिक गुमाउनेमा माउन्ट मकालु विकास बैंकका लगानीकर्ता रहेका छन्।

प्रतिक्रिया दिनुहोस्