आइजिपीको मुद्दा हेर्दा हेर्दै



 

जयबहादुर चन्दलाई आइजिपी नियुक्ति नगर्न माग गर्दै अदालतमा परेको रिटमा बहस गर्ने क्रम आज नसकिएकाले  भोलिको लागि त्यतीकै थाती राखिएको छ ।

न्यायाधीशहरु हरिकृष्ण कार्की र तेजबहादुर केसी को इजलासमा बहस जारी रहेको छ । आजको बहसमा कानुन ब्यबसयीहरु शम्भु थापा, तुलसी भट्ठ, भीमार्जन आचार्य, ओम प्रकाश अर्याल लगायतले रिट निवेदनको तर्फबाट बहस गर्नुभएको थियो ।

सरकारले गत फागुन १ गते नै जयबहादुर चन्दलाई आइजिपीमा नियुक्ति गरेको थियो ।

नियुक्तिका क्रममा राजनितीक चलखेल भएको भन्दै सरकार र चन्द विरुद्व सर्वोचमा रिट दायर भएको हो ।

प्रतिक्रिया दिनुहोस्