बारपाकमा भूकम्प स्मृती पार्क बनाउन रु. १ करोड



सन्तोष अधिकारी

फागुन ११, गोरखा, २०७२ बैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्र विन्दु बनाई गएको विनाशकारी भूकम्प बाट भएको क्षति र ऐतिहासिक रुपमा संरक्षण गर्नका लागि भूकम्प स्मृतीपार्क बनाउने काम अघि बढेको छ । नेपाल सरकारले हालै स्मृतीपार्क निर्माणका लागि एक करोड रुपैँया समेत विनियोजन गरिसकेको छ ।

‘ढिलै भएपनि भूकम्प स्मृतीपार्कको काम अघि बढेको छ’ शहरी विकास तथा भवन डिभिजन कार्यालय गोरखाका प्रमुख रोशन श्रेष्ठले भने ‘केहि दिन अघि मात्रै एक करोड रुपैँया रकम विनियोजन भएको पत्र यहाँ आएको छ । अब हामी आगामी चैत भित्रै डेण्डर आह्वान गरेर काम अघि बढाउने योजनाका साथ हामीले पनि काम थालेका छौँ ।

आगामी चैत भित्र टेण्डर आह्वान गरेर काम अघि बढाइयो भने यो आर्थिक वर्ष भित्र यो रकमले काम गर्न सकिन्छ । भुकम्प गएको एक वर्षमा गएको बैशाख १२ गते राष्ट्रपती देवी विद्यादेवी भण्डारीले भूकम्प स्मृतीपार्कको शिलान्याश गरेर गएकी थिइन् । त्यस बाहेक भूकम्प स्मृतीपार्क निर्माणको विषयमा कुनै प्रगती भएको थिएन् । राष्ट्रपतिले शिलान्याश गर्दा तत्कालै बजेट विनियोजन हुने बताएपनि त्यसो भएन् । गाविस, जिविस, भवन डिभिजन कार्यालय, बारपाकीहरु लगायतले पटक पटक विभिन्न मन्त्रालयमा पत्रचार गरेर, विभिन्न मन्त्री तथा नेताहरुलाई ज्ञापन पत्र बुझाएपछिमात्र एक करोड रुपैँया रकम विनियोजन भएर आएको हो ।

भूकम्प स्मृतीपार्कका लागि बारापकीहरुले दुई सय १६ रोपनी जग्गा समेत छुट्याइसकेका छन् । केहि ब्यक्तिगत जग्गा र केहि सार्वजनिक जग्गा बारपाकीहरुले भुकम्प स्मृतीपार्क बनाउन जग्गा छुट्याएका हुन् । भूकम्पले सोही ठाउँमा पुननिर्माण गरि बस्न नमिल्ने गरी विस्थापित भएको दलित समुदायको ४० घर रहेको ठाउँलाई समेत स्मृतीपार्क भित्रको भूकम्प संग्राहयमा समाबेश गरिने भएको भवन डिभिजन कार्यालयका प्रमुख श्रेष्ठले जानकारी दिए ।

भूकम्प स्मृतीपार्कमा समावेश गर्न लागिएको दलित बस्तीलाई भने उपयूक्त ठाउँ खोजेर स्थानान्तरण गर्न लागिएको हो । स्मृतीपार्क भित्र भूकम्प स्तम्भ, संग्राहलय, भूकम्पका बेला भएका क्षति तथा नोक्सानीहरु झल्कने दृश्यहरु समेत निर्माण गरिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्