मोरङमा बन्दको प्रभाव



विराटनगर, ११ फागुन ।

मधेसी मोर्चाको आह्वानमा गरिएको बन्दको प्रभाव मोरङमा देखापरेको छ ।

बन्दका कारण विराटनगरबाट छोटो तथा लामो दूरीका सार्वजनिक यातायातका सेवाहरु ठप्प रहेका छन् भने मोटरसाइकल र सिटी सफारीहरु फाटपूmट रुपका कुदिरहेका देखिन्छन् ।

सो बन्दको प्रभाव शिक्षण क्षेत्रमा पनि परेको छ । अधिकांश निजी विद्यालय बन्द रहेका छन् ।

यसैबीच, जिल्ला प्रहरी कार्यालय, मोरङले बन्दको क्रममा अहिलेसम्म कुनै अप्रिय घटना नभएको जनाएको छ ।

मोर्चाले स्थानीय निर्वाचनको तिथि घोषणा भएको विरोधमा आज बन्दको आह्वान गरेको हो । रासस

प्रतिक्रिया दिनुहोस्