कलाकारका सवारी



कुनै बेला धनाढ्य र विलासिताको जीवन जिउनेका लागि मात्र भनिने चारपांग्रे सवारी साधन अहिले सबैका लागि आधारभूत आवश्यकताको विषय भएको छ। कला, संगीत र चलचित्र क्षेत्रमा सक्रिय तथा लोकप्रिय कलाकारका लागि त चारपांग्रे सवारी साधन झनै प्राथमिकता र महत्त्वको विषय भएको छ।

समयमा पुग्न वा विलासिताका लागि मात्र नभई, ‘लेभल मेन्टन का लागि समेत सेलिब्रेटीहरुलाई चारपांग्रे सवारी साधन आवश्यकताको विषय भएको छ। तर यसो भन्दैमा सबै कलाकार र सेलिब्रेटी चारपांग्रे सवारी साधनले पूर्ण पनि छैनन्। ती कलाकार र सेलिब्रेटीसँग चारप्रांग्रे सवारी साधन छन्, जसको नियमित कमाइ राम्रो छ। अर्कातिर राम्रो कमाइ भएका कतिपय कलाकारहरु चाहिँ आर्थिक क्षमता भए पनि ट्याक्सी प्रयोग गरेरै आवतजावत गरिरहेको भेटिन्छन्। प्रायः कार्यक्रम वा सुटिङकै गाडीले ल्याउने पुर्याउने वा आर्थिक क्षमता भए पनि पार्किङको समस्या हुनेहरुले ट्याक्सी प्रयोग गरेर दैनिकी गुजारी रहेको भेटिन्छन्। अर्कातिर महंगाभन्दा महंगा गाडी चढ्ने र गाडी परिवर्तन गरिरहने कलाकारहरु पनि उत्तिकै छन्।

गाडीका सौखिन अभिनेता शिव श्रेष्ठ यतिखेर भने कियाको पिकान्टो चढेर गुजारी गरिरहेका छन्। ‘म त दुब्लो मान्छे, सानै र सस्ता गाडी चलाएरै काम चलाइरहेको छु अभिनेता श्रेष्ठले ठट्टा गर्दै भने ‘यो सस्तो पनि छ, जुनसुकै ठाउँमा जान पनि सजिलो छ। यो गाडी मैले केवल साढे आठ लाख रुपियाँमा लिएको हुँ। यो कम्फरटेबल त छ नै, मेन कुरा सानो भएकाले पार्किङ गर्न सजिलो छ, सानो बाटोमा पनि जान्छ। शिव यसअघि जिम्मी जिप, एसी लिमिटेड कार, पीजीओ र अन्य जिपमा सवार हुन्थे।

महंगो गाडी चढ्ने कलाकारमध्ये विराज भट्ट पनि पर्छन्। नेपाली फिल्मबाट नाम कमाएपछि भोजपुरी फिल्मतर्पm मोडिएका नायक विराज भट्ट ८३ लाख मूल्यको स्कोडा जिप चढ्छन्। ‘पहिले टक्सन थियो, त्यो बेचेपछि यो ठीक लाग्यो। साइज पनि ठिक्कको लाग्यो। काठमाडौंको बाटो सुहाउँदो लाग्छु विराजले भने ‘मुम्बईमा स्कोडाको कार थियो, कम्फरटेबल लाग्यो त्यसैले अहिले यो जिप लिएको हुँु विराज भन्छन् ‘धरै गाडी छान्ने क्रममा यो ठीक लाग्यो। गाडी सजिलो छ, मान्छे पनि मज्जाले अटाउँछ। परिवार, साथीभाइसँग हिँड्नलाई ठिक छ।

अभिनेता, निर्मता तथा निर्देशक भुवन केसी गाडीका सौखिन कलाकारमध्येमा पर्छन्। धेरैपटक गाडी फेरिसकेका उनी अहिले भने क्रेटा जिप चढिरहेका छन्। निखिल उप्रेती, रमेश उप्रेतीजस्ता कलाकारले पनि यही जिप रोजेका छन्। ‘रिजनचाहिँ अरु गाडीभन्दा हेर्दा यो चिटिक्क परेको छ। कम्फरटेबल छ, प्राइस पनि सस्तो छ –भुवन भन्छन् ‘सस्तो त के भनौं अरु जिपको तुलनमा चाहिँ सस्तो हो। अरु जिप १ करोड घटी पाईंदैन। यसको प्राइसचाहिँ केवल ५० लाख रुपियाँ मात्र हो। माइलेज पनि धेरै दिन्छ। हामी कलाकारलाई जतासुकै गइरहनुपर्छ। यो जिप उकालो ओराले, रफ र अफ रोडलाई पनि कम्फरटेवल छ। प्राइस रिजनेवल छ, पार्टस पनि सजिलै उपलब्ध हुन्छ। भुवनलाई योभन्दा अगाडि चढेको गाडीहरुमा सुजुकीको भिटारा जिप मन परेको रहेछ। ‘त्यो पनि कम्फरटेवल र पावरफुल पिकअपवाला जिप थियो। अर्को मैले चढेकोमध्ये निशान कार पनि राम्रो थियो –उनले सुनाए।

भुवनपुत्र नायक अनमोल केसीलाई भने चारपांग्रे सवारी साधनमा हाललाई कुनै रुचि रहेनछ। ‘उसलाई गाडीमा इन्ट्रेस्ट छैन। मैले उसलाई निशान कार दिएको छु। तर महिनामा एक दुईचोटी चल्छ। कहिलेकाहीँ चलाउन मन लाग्यो भने यो गाडी पनि चलाउँछु भुवनले खुलाए ‘उसलाई गाडीभन्दा बाइकमा सौख छ। बाइक चढ्छु भनेर २२⁄२३ लाख हालेर डुक्याडी लिएको छ। नायक तथा निर्माता रमेश उप्रेतीले पनि भुवनले जस्तै क्रेटा जिप रोजेका छन्। भन्छन् ‘यो गाडी सजिलो छ। पैसाको हिसाबले पनि सस्तो छ। जिप हो इजी ड्राइभ छ। फ्युल पनि कम खान्छ।

अभिनेत्री करिश्मा मानन्धर पछिल्लो समय आई ट्वाइन्टीमा भेटिन्छिन्, केही दिनपछि भने फोर्डको इको स्पोर्टसमा भेटिनेछिन्। ‘गाडी चेन्ज गरिरहन मन लाग्दोरहेछ। अर्को कुरा आई ट्वाइन्टीको क्लियरेन्स कम छ। क्लज प्लेट पनि २ पटक चेन्ज गरिसकें उनले सुनाइन् ‘बाहिर गइराख्नुपर्ने भएकाले मलाई क्लियरेन्स हाई भएको गाडी नै चाहिएको छ, त्यसैले फोर्डको इको स्पोर्टस अर्डर गरिसकेकी छु। हुन्डाइको गाडी चढेको धेरै भयो, योभन्दा अगाडि सेन्ट्रो पनि चढेको थिएँ। अहिले ब्रान्ड चेन्ज गर्न लागेको।

नायिका प्रियंका कार्की पनि लक्जरियस गाडीमा सवार हुन्छिन्। राजेश हमाल, निखिल उप्रेती, आर्यन सिग्देल, सन्तोष पन्त, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, शिवहरि पौडेल, किरण केसी, जितु नेपाल, निशा अधिकारी, रेखा थापा, झरना थापा, रामकृष्ण ढकाल, राजेशपायल राई, रामचन्द्र काफ्ले, एम बराल, प्रमोद खरेल, सुरेश अधिकारी, रेखा शाहलगायत दर्जनौं कलाकार छन्, जो राम्रो र लक्जरियस गाडी चढ्छन्। प्रायः कलाकारहरु ड्राइभ पनि आपैंm गर्छन्।

प्रतिक्रिया दिनुहोस्