देउवा–राजदूत भेट



काठमाडौं, (नेस)
छिमेकी मुलुक चीनले नेपालको पर्यटन, कृषि, विद्युत र पूर्वाधारका क्षेत्रमा सहयोग गर्न चासो व्यक्त गरेको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटवार्तामा नेपालका लागि चिनियाँ राजदूत यु होङले आफ्नो मुलुकले यस्ता विषयमा सहयोग गर्न चाहेको बताउनुभएको हो।

सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेकोमा चीन सरकात्मक रहेको राजदूत युले बताउनुभएको नेपाली कांग्रेसको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो। त्यस अवसरमा नेता देउवाले स्थानीय तहको निर्वाचन अपरिहार्य रहेको उल्लेख गर्दै संविधान संशोधनका लागि संसद्मा पेश भएको संशोधन मधेशी दलको समर्थनमा पारित हुने विश्वास दिलाउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्