डाक्टर नहुँदा अस्पतालको सेवा प्रभावित



सिन्धुली ( नेस )

सिन्धुली अस्पतालमा कार्यरत डाक्टर सबै विदामा वस्दा अस्पतालको सेवा प्रभावित भएको छ । सिन्धुली अस्पतालमा कार्यरत १० जना डाक्टरहरु नै विदामा वसिदिदा अस्पतालमा सेवा लिनआएका विरामी समस्यामा परेका छन् ।
५० शैयाको सिन्धुली अस्पतालमा डाक्टर नहुँदा विरामीहरु अहिले घण्टौ देखी इमर्जेन्सीमा पालो कुरेर बस्न बाध्य रहेका छन् । मंगलबार विहानै देखी उपचारकालागि अस्पताल पुगेका विरामीहरु डाक्टर नहुँदा समस्यामा भएको गुनासो गरेका छन् ।

अस्पतालका एमविविएस डाक्टरहरु नहुँदा अहिले अनमिको भरमा सञ्चालन हुने गरिएको छ । अस्पतलामा करारमा कार्यरत एमविविएस डा.ठाकुर श्रेष्ठ, डा. विभुती शर्मा, डा. राहुल रौनियार, डा. राहुल मिश्रा लगाएतका ७ जना डाक्टर लोक सेवाको परीक्षा दिन गएका छन् ।

लेक सेवाको परीक्षा भोली भएकाले अझै एक दुई दिन अस्पतालेको उपचार सेवामा समस्या हुने अस्पतालत विकास समितिका अध्यक्ष विनोद कुमार खड्काले बताउनुभयो । करारमा कार्यरत डाक्टरहरु लोकसेवाको परिक्षा दिन गएपनि नि. प्रमुख मेडिकल सुपरिटेण्डेन डा. सुमित्रा गौतमलाई पनि विदा दिईदा अस्पतालेको उपचार सेवा थप प्रभावित भएको छ । अस्पतालमा कार्यरत सवै डाक्टरहरु विदामा रहेकोले अहिले अहेवको भरमा अस्पताल सञ्चालन भएको छ ।

यता हाडजोर्नी विशेषज्ञ डा. शुधान्सु झा सोमबार सम्म विदामा वसेको भएपनि मंगलवार सम्म पनि अस्पतालमा आएका छैनन् । के कारणले उहाँ अस्पतालमा नआएको भन्ने आफुलाई जानकारी नभएको अस्पताल विकास समितिका अध्यक्ष खड्काले बताउनुभयो ।

हिजो आज दैनिक १ सय भन्दा बढी विरामी आउने गरेको अस्पतालले जनाएको छ । भाइरल ज्वरो, टाइफाइट, जण्डिस र सामान्य रुघा, खोकी, ज्वरोका विरामी बढि आउने गरेको अस्पतालको भनाई छ । जिल्लाका विकट गाँउबाट उपचारका लागि आउनेहरु घण्टौ लाइनमा तथा बास बसेरै उपचार गराउन बाध्य भएका छन । भने अस्पतालमा डाक्टर नहुँदा बिरामीहरू चर्को शुल्क तिरेर क्लीनिक तथा अन्य जिल्लाहरुमा जान बाध्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस्