चुनाव घोषणा लगत्तै प्रमुख विपक्षी मेची—महाकाली अभियानमा, भाँजो नहाल्न ओलीको चेतावनी



काठमाडौं,(नेस) । चुनाबको मिति घोषणा भएसँगै प्रमुख विपक्षी नेकपा एमाले मेची —महाकाली अभियानको तयारीमा लागेको छ । सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा सो अभियानको कार्यालयको शुभारम्भ गर्नुभयो ।

सो कार्यालय शुभारम्भ गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओलीले अभियान फागुन २१ गते झापाबाट सुरु भइ चैत ४ गते कञ्चनपुरमा विसर्जन गरिने बताउनुभयो ।

सो अवसरमा ओलीले कार्यक्रमले राष्ट्रियताका बारेमा प्रष्ट कुरा राख्ने जनाउँदै एमाले विरुद्धको भ्रम पनि चिर्ने बताउनुभयो । एमालेको कार्यक्रममा भाँजो नहाल्न पनि उहाँले अन्य पार्टीहरुलाई चेतावनी दिनुभयो । उहाँले सरकारले स्थानीय निकायको चुनाव घोषणा गरेको कुरालाई सकारात्मक रुपमा लिइएको भन्दै सह्राहना पनि गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्