टाटा हिटाचीद्वारा डिलर भेटघाट



नेपाल समाचारपत्र
काठमाडौं
टाटा हिटाचीको नेपालको लागि आधिकारिक वितरक सिप्रदी अर्थमुभर्स प्रालिले कन्ट्रयाक्टर भेटघाट तथा अन्तक्रिया गरेको छ। कार्यक्रममा टाटा हिटाचीका डिलर प्रतिनिधी तथा निर्माण क्षेत्रमा काम गर्ने व्यक्तिको साथै टाटा हिटाची इण्डिया तथा सिप्रदी अर्थमुभर्सका कार्यकारी प्रतिनिधीहरूको उपस्थिति रहेको थियो।
टाटा हिटाची निर्माणसम्बन्धी इक्वीपमेन्ट बनाउने अग्रणी कम्पनी हो। यसले ग्राहकको कार्यगत सम्पादनलाई बढाउनेको साथै निर्माण क्षेत्रमा भएको प्रतिस्पर्धात्मक बजारमा राम्रो उपायबाट मुनाफा बढाउन सहयोग गर्दै आएको कम्पनीले जनाएको छ।

कार्यक्रमको उद्घाटन गर्दै सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले हिटाचीका उत्पादन नेपाली बजारमा बिक्री वितरण सहयोग पुर्याई यसको बजार बढाउन मद्दत गर्ने कार्यमा सहयोग गर्ने सम्पूर्ण डिलर प्रतिनिधि तथा निर्माण क्षेत्रमा संलग्न व्यवसायीलाई धन्यवाद दिनुभयो। त्यस्तै टाटा हिटाची इण्डियाका निर्देशक शिननाकाजीमाले सिप्रदी अर्थमुभर्ससँग आफ्नो व्यावसायिक मित्रतालाई कायम गरी राख्न पाएकोमा खुशी व्यक्त गर्नुभयो। टाटाहिटाचीको एक्जाभेटर, क्रेन आदी इक्वीपमेन्टले विस्तारै नेपाली बजारमा हिस्सा ओगट्दै गएकोमा खुशी व्यक्त गर्नु भयो।

प्रतिक्रिया दिनुहोस्