स्वास्थ्यकर्मी द्धारा जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीमा तालाबन्दी



अनिल खत्री गुल्मी, फागुन ९ ।

स्वास्थ्य सेवा ऐनको दफा ९ ख कार्यान्वयन तथा पद व्यवस्थापनको माग गर्दै जिल्लाका स्वास्थ्यकर्मीहरुले जिल्ला जनस्वास्थ्य कार्यालयमा ताला लगाएका छन् । केन्द्रिय संयुक्त टे«ड युनियनको निर्देशित कार्यक्रम अन्तरगत स्वास्थ्यकर्मीहरु जनस्वास्थ्य कार्यालयमा तालाबन्दी गरि धर्ना बसेका हुन ।

उनीहरुले संयुक्त प्रेश विज्ञप्ती मार्फत अविलम्ब समस्या समाधानको माग गरेका छन् । उनीहरुले समास्या समाधानमा यथाशिघ्र पहल गरिदिन जिल्ला स्थित सबै राजनैतिक दलहरु, कर्मचारी टे«ड युनियन, नागरिक समाज, पत्रकार, संघ संस्था, एवंम् सम्पूर्ण सरोकारवालाहरुलाई अपिल गरेका छन् ।

बिज्ञप्ती मार्फत ८ फागुन देखि अनिश्चितकालिन जिल्ला जनस्वास्थ्य कार्यालय को कामकाज ठप्प गर्ने र धर्नामा बस्ने संयुक्त ज्ञापन पत्र जिल्ला प्रशासन कार्यालय मार्फत स्वास्थ्य मन्त्रालयमा पठाउने, प्रत्येक दिन कोण सभा गर्ने, जिल्ला स्थित पेशागत संघ संस्था, राजनैतिक दलसंग समन्वय गर्ने, स्वास्थ्य सेवा दिवस बहिष्कार गर्ने, १२ फागुनमा पत्रकार सम्मेलन गरी आन्दोलन बारे जानाकारी गराउने, १५ फागुनमा स्वास्थ्यकर्मीहरुबाट प्लेकार्ड सहित जुलुस प्रर्दशन गन लगायतका कार्यक्रम सार्वजनिक गरेका छन् ।

आन्दोलनमा नेपाल स्वास्थ्यकर्मी युनियन, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल, स्वास्थ्यकर्मी युनियन नेपाल, अखिल नेपाल प्रगतिशिल स्वास्थ्यकर्मी संगठन गुल्मीले एक्यबद्धता जनाएका छन् ।

स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र

स्वास्थ्य सेवा ऐनको दफा ९ ख कार्यान्वयन तथा पद व्यवस्थापनको माग गर्दै आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मीहरुले जिल्ला प्रसासन कार्यालय मार्फत स्वास्थ्यमनत्रीलाई ज्ञापन पत्र पठाएका छन् । उनीहरुले संयुक्त ज्ञापन पत्र मार्फ अविलम्ब समस्या समाधानको माग गरेका छन् ।

नेपाल स्वास्थ्यकर्मी युनियन, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल, स्वास्थ्यकर्मी युनियन नेपाल, अखिल नेपाल प्रगतिशिल स्वास्थ्यकर्मी संगठन गुल्मीले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढुंगाना मार्फत स्वास्थ्य मन्त्री गगन थापालाई ज्ञापन पत्र पठाएका हुन ।

प्रतिक्रिया दिनुहोस्