नयाँ उपचारविधि विकासका लागि मस्तिष्क दान गर्न आह्वान



बोस्टन, (एजेन्सी)
वैज्ञानिकहरूले मृत्युपछि अनुसन्धानका लागि मस्तिष्क दान गर्न सार्वजनिक आह्वान गरेका छन्। डिप्रेसन तथा दुःखद घटनाका कारण हुने तनावको शिकार हुनेहरूको मस्तिष्क नपाएकाले शोध प्रभावित भइरहेको बताएका छन्।

उनीहरूले चिकित्सकीय भाषामा ‘पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर’को शिकार भएका मस्तिष्क आवश्यक भएको बताए। यस प्रकारका रोग मस्तिष्क संरचनामा हुने परिवर्तनका कारण हुन्छ भन्ने कुरा मानिसहरूलाई थाहा नहुने गरेको वैज्ञानिकहरूले बताए।

मानव मस्तिष्क अत्यन्त राम्रो तर जटिल संरचना भएको उनीहरू बताउँछन्। यसमा हामीमा जस्तो विकास र परिवर्तन हुन्छ त्यस्तै विकास र परिवर्तन भइरहन्छ। हाम्रो शरीरको यो अंग हाम्रो व्यवहार र सोचको भौतिक उपस्थिति हो।

हालैका वर्षमा शोधकर्ताहरूले मस्तिष्कको आकार र मानसिक तथा स्नायुसम्बन्धी रोगका बीचमा सम्बन्ध हुने खोजी गरेका छन्।

विश्वको सबैभन्दा ठूलो मस्तिष्क बैंकमध्यको एउटा बोस्टनस्थित म्याकलिन अस्पताल हो। यहाँ करिब ३ हजार मस्तिष्क संरक्षित छन्। यहाँका अधिकांश नमुना मानसिक तथा स्नायुसम्बन्धी खराबी भएकाहरूका छन्। तर यसका बाबजुद वैज्ञानिकहरूले ती नमुना शोधका लागि पर्याप्त नभएको बताएका छन्।
त्यसैले विश्वभरिका वैज्ञानिकले पार्किन्सन, अल्जाइमरलगायत सबै प्रकारका मानसिक रोगको नयाँ उपचार विकासका लागि मानिसहरूलाई मस्तिष्क दानका लागि अपिल गरेका हुन्।

म्याकलिन अस्पतालका प्रमुख वैज्ञानिक डाक्टर क्यारी रेसलरले भने– कयौं मानसिक तथा स्नायुसम्बन्धी रोगको नयाँ उपचारविधि वैज्ञानिकहरूको पकडमा आइसकेका छन् तर ब्रनेटिस्युको कमीका कारण यसको विकासमा अवरोध पुगेको छ।

प्रों सबिनाले भने– ‘यदि मानिसहरू कुनै मानसिक रोग छैन भने उनीहरूले यसको दान किन गर्ने भनेर सोच्छ भने उनीहरूको सोच जीव विज्ञानको दृष्टिकोणले गलत छ।

प्रतिक्रिया दिनुहोस्