रिमाल र कोजु अब्बल



काठमाडौं, (नेस)
हरिकुमार रिमाल र कान्छीमाया कोजु कान्तिपुर हिरो हाफ म्याराथनको सातौं संस्करणमा शनिबार कीर्तिमान बनाउ“दै अब्बल ठहरिएका छन्।

पुरुषतर्फ रिमालले १ घन्टा ६ मिनेट ४१ सेकेन्डमा पहिलो भए भने महिलातर्फ कोजुले १ घन्टा १९ मिनेट २२ सेकेन्डसहित शीर्षस्थान हात पारिन्। गत वर्ष एपीएफका गोपीचन्द्र पार्कीले १ घन्टा ८ मिनेट २९ सेकेन्डको तथा रेसु बस्नेतले १ घन्टा २८ मिनेट २० सेकेन्डको कोर्ष कीर्तिमान बनाएका थिए। तर रिमाल र कोजुले हिजो यी कीर्तिमान तोडेका थिए। दुबैले हिरो ड्यास स्कुटर र नगद ५० हजार प्राप्त गरे।

सो विधाामा भारतीय आर्मीका अनिष थापा मगर र तिर्थकुमार पुन क्रमशः १ घन्टा ६ मिनेट ४३ सेकेन्ड र १ घन्टा ७ मिनेट १९ सेकेन्डसहित दोस्रो र तेस्रो भए।

महिलातर्फ आर्मीका विश्वरूपा बुढा दोस्रो र साुन कार्की तेस्रो भए। विश्वरूपाले १ घन्टा १९ मिनेट २६ सेकेन्ड र सानुले १ घन्टा २२ मिनेट ५७ सेकेन्डको समय निकाले। एपीएफका पुष्पा भण्डारी १ घन्टा २४ मिनेट ५७ सेकेन्ड, आर्मीकी रेसु बस्नेत १ घन्टा २६ मिनेट २६ सेकेन्ड र एपीएफकी विन्द्रा धनके श्रेष्ठ १ घन्टा २७ मिनेट ८ सेकेन्डका साथ क्रमश तेस्रो देखि छैटौं भए। महिला र पुरुष दुबै विधामा दोस्रोदेखि छैटौं हुनेलाई क्रमशस् ३०, २०, १०, ५ र ३ हजार प्रदान गरिएको थियो। दोस्रो हुनेलाई लेगो मोबाइल सेट तथा तेस्रोदेखि छैटौं हुनेलाई शिखर सुजको गिफ्ट ≈याम्पर प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्