हिटलरको फोन लिलाममा



न्युयोर्क, (एजेन्सी)

दोस्रो विश्व युद्धका खलनायक एडोल्फ हिटलरले प्रयोग गरेको एउटा फोन अमेरिकामा यसै हप्ता लिलाम हुने भएको छ। रातो रंगको यो फोनमा हिटलरको नाम लेखिएको छ। यो फोन सन् १९४५ मा बर्लिनमा हिटलरको बन्करमा फेला परेको हो।

जर्मनीले आत्मसमर्पण गरेपछि सोभियत सैनिकले यो फोन बेलायती बिग्रेडियर राल्फ रेनरलाई चिन्हका रूपमा प्रदान गरेका थिए। उक्त फोन लिलाम गर्न लागेका एलेक्ज्यानडर हिस्टोरिक अक्ससको तर्फबाट भनेको छ, ‘यो लिलामी मेरिल्यान्डका चेसापिक शहरमा हुनेछ। लिलामको प्रारम्भिक बोलकबोल मूल्य १ लाख डलरबाट शुरु हुनेछ।’

राल्फका छोराका तर्फबाट लिलाम हुन लागेको उक्त फोन करिब ३ लाख डलर सम्ममा बिक्री हुनसक्ने अपेक्षा गरिएको छ। लिलाम घरका अधिकारी बिल पेनागोपुलसले एपीलाई भने– ‘यो फोन जनसंहारको हतियार थियो। हिटलरले युद्धका क्रममा यसै फोनबाट आदेश दिएका थिए, जसले धरैको ज्यान गयो।’

प्रतिक्रिया दिनुहोस्