‘रेडक्रसको उत्कृष्ट काम’



भक्तपुर, (नेस)

नेपाल रेडक्रसले मानवीय सेवामा उत्कृष्ट काम गरिरहेको भक्तपुरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन्। शनिबार नेपाल रेडक्रस सोसाईटी भक्तपुर जिल्ला शाखाको २२औं जिल्ला सभा तथा ४८औं स्थापना दिवस उद्घाटन समारोहका बक्ताहरुले रेडक्रसले निस्वार्थ रूपमा मानवीय सेवा गरिरहेको बताउनुभयो।

कार्यक्रममा भौतिक निर्माण तथा यातायात राज्यमन्त्री सीताराम मेहताले मेचीदेखि महाकालीसम्म जहा“ दुःख र विपत्ती छ त्यहा“ रेडक्रस पुगेको बताउ“दै रेडक्रसको गरिमा र महŒवलाई अझ उच्च बनाउ“दै लानुपर्ने बताउनुभयो। रेडक्रस अभियानमा लाग्न सेवा गर्छु भन्ने चाहिने बताउ“दै यसले धर्म, वर्ण, लि·को भेद नराखी काम गरिरहेको चर्चा गर्नुभयो।

कार्यक्रममा रेडक्रसका केन्द्रीय सभापति सञ्जीव थापाले रेडक्रसले मुलुककै विश्वसनीय संस्थाका रूपमा पारदर्शी ढंगले काम गरिरहेको बताउनुभयो। रेडक्रसको छबि धमिलिए विदेशबाट आउने सहयोग रोकिने र नेपालीले रेडक्रसबाट हाल पाइरहेको सेवा अवरुद्ध हुनेतर्फ रडक्रस सचेत रहेकोमा जोड दिनुभयो।

कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, रेडक्रसका केन्द्रीय सदस्य तथा भक्तपुर सभापति मनोज थापा, नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, जनमोर्चा नेपाल भक्तपुरका अध्यक्ष शिवहरि खनाल, कटुञ्जे उपशाखाका सभापति धर्मराज कार्की , रेडक्रसका विभिन्न जिल्लाका सभापतिलगायतले मानवता, निष्पक्षता, तटस्थता, स्वाधीनता, स्वयम्सेवा, एकता, विश्वव्यापकताजस्ता आधारभूत ७ सिद्धान्तमा रेडक्रसले काम गरिरहेको औंल्याउनुभयो।
सो अवसरमा राज्यमन्त्री मेहताले रेडक्रसका उत्कृष्ट शाखा, उत्कृष्ट स्वयंसेवक, सहयोगी संस्थालगायतलाई सम्मान गर्नुभएको थियो।

सभाले भक्तपुर सभापति मनोज थापाले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन, मन्त्री परशुराम पाण्डेले प्रस्तुत गर्नुभएको प्रस्तावित कार्यक्रम र कोषाध्यक्ष प्रदीपकुमार केसीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पास गरेको छ।

प्रतिक्रिया दिनुहोस्