काजु, पहिला बिस, पछाडी फाइदा नै फाइदा



मनोज रेग्मी, काठमान्डौ

काजु सबैलाई मन पर्ने किसमीस हो । हुन त काजु सबैभन्दा पहिला त बिस नै हो तर यसलाइ बनाइसकेपछी बल्ल खानको लागी योग्य हुने गर्दछ ।

काजुमा धैरै कोलोरस्ट्रोलको मात्रा धैरै हुने हुनाले मुटु रोगीहरुलाइ यो त्यति लाभदाईक मानिदैन । तर तपाइहरुलाई थाहा नहुन सक्छ कि काजुमा कोलोरस्ट्रोलको मात्रा भन्दा बढी न्युट्रिसीएन रहेको हुन्छ जुन हाम्रो शरीरलाई निकै फाईदाजनक रहेको हुन्छ ।

यदि तपाइहरुको अनुहारमा अनेक प्रकारका विविराहरु आउने, कालोपोतो, डन्डिफोर आउने, जस्ता रोगबाट पिडित हुनुहुन्छ भने दैनिक पाँच दाना काजु खानाले यस्ता कुराहरुलाई केहि हद सम्म कम गर्न सकिन्छ ।

अनुहार चम्किलो मात्र नभएर, कपालका हरेक सम्स्या जस्तै कपाल झर्ने, कपालको कालोपन हराउने लगायतका समस्याहरुबाट बच्न दैनिक रुपमा काजु खानुहोस ।

तपाइको शरिरको रगतमा केही कमी छ भने काजु खाँदा तपाँइको रगत बढ्नमा सहयोग मिल्नेछ । यसैले एनिमीयाका(रगतको कमी) बिरामीहरुको लागी यो उचित देखीएको छ ।

काजु खानाले हाम्रो दाँतका सबै खाले समस्याको हल हुने गर्छ । दाँत चम्किलो नहुने, दाँतबाट नराम्रो गँद्य आउने, गिजा सफा नहुने लगाएतका सपुर्ण खालका समस्याको समाधानको लागि काजु निकै नै लाभदाईक मानिने गर्दछ ।

हामी सबैलाई ग्यासट्रिकले (पाचन प्रणलीमा समस्या ) सताइरहेको हुन्छ । यस्तो समस्याबाट बच्न पनि काजुले मद्ददत गर्छ । पाचन प्रणली स्वश्थ बनाई ओजन कम बनाउन पनि काजु निकै नै फलदाएक मानिएको छ ।

यदी तपाइहरु दैनिक रुपमा शारिरीक ब्याम गर्दै हुनुहून्छ भने काजुको प्रयोगका कारण तपाइको शरिरलाई अझै तन्दुरुस्त बनाउन सहयोग पुग्न सक्छ ।

पढ्ने विध्यार्थीका लागि पनि काजु निकै नै फाईदाजनक देखएको छ । यसले गर्दा दिमाग निकै नै स्वश्थ रहनुको साथै तेज र फुर्तीलो बनिदिन्छ ।

काजु खानाले क्यानसरका बिरामीहरुलाई निकै नै राहात र तागत मिल्ने गरेको पाइएको छ । काजु खानाले शरीर फुर्तीलो हुने र अनेक प्रकारका तनाबबाट बच्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्