घरजग्गामा कर्जा लगानी १५ प्रतिशतभन्दा बढी



नेपाल समाचारपत्र
काठमाडौं
चालू आर्थिक वर्षको छ महिनासम्म बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ७ दशमलब २ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा निक्षेप ६ प्रतिशतले बढेको थियो।

राष्ट्र बैंकका अनुसार वार्षिक बिन्दुगत आधारमा ३ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप २० दशमलब ८ प्रतिशतले बढेको छ। पुसमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८ दशमलब २ प्रतिशत, ४२ दशमलब १ प्रतिशत र ३२ दशमलब ७ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ८ दशमलब ६ प्रतिशत, ४३ दशमलब ८ प्रतिशत र २९ दशमलब २ प्रतिशत रहेको थियो। समीक्षा अवधिमा कुल आन्तरिक कर्जा ६ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा १ दशमलब १ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा पुस मसान्तमा यस्तो कर्जा २४ प्रतिशतले बढेको छ।

मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी १२ दशमलब ६ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ५ दशमलब ९ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा निजी क्षेत्रमाथिको दाबी पुस मसान्तमा ३० दशमलब ९ प्रतिशतले बढेको छ। समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको निजी क्षेत्रतर्फ लगानीमा रही रहेको कर्जा १२ दशमलब ९ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ५ दशमलब ८ प्रतिशतले बढेको थियो।

निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकको १४ दशमलब ८ प्रतिशत र विकास बैंकको ६ दशमलब २ प्रतिशतले बढेको छ भने वित्त कम्पनीको ५ दशमलब २ प्रतिशतले घटेको छ। वार्षिक बिन्दुगत आधारमा पुसमा बैंक तथा वित्तीय संस्थाहरूको निजी क्षेत्रतर्पm लगानीमा रही रहेको कर्जा ३२ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा कृषि क्षेत्रतर्फको कर्जा १३ दशमलब ६ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १० दशमलब ५ प्रतिशत, निर्माण क्षेत्रतर्पmको कर्जा ११ दशमलब ७ प्रतिशत, थोक तथा खुद्रा व्यापारतर्फको कर्जा १० दशमलब ५ प्रतिशत, सेवा उद्योगतर्फको कर्जा ११ दशमलब ९ प्रतिशत र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २१ प्रतिशतले बढेको छ।

त्यस्तै पुससम्ममा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६० दशमलब ६ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४ दशमलब ३ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तुको धितोमा प्रवाह भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ५९ दशमलब ८ प्रतिशत र १२ दशमलब ५ प्रतिशत रहेको थियो।

असार मसान्तको तुलनामा पुसमा बैंक तथा वित्तीय संस्थाहरूको कुल लगानीमा रहेको कर्जामध्ये ओभर ड्राफ्ट, शेयर मार्जिन, घरजग्गा तथा हायर पर्चेजतर्फको कर्जा उल्लेख्य विस्तार भएको छ । पुसमा बैंक तथा वित्तीय संस्थाहरूको कुल लगानीमा रहेको कर्जामा घर जग्गा कर्जा (एक करोड रुपियाँसम्मको आवासीय घर कर्जासमेत) को अंश १५ दशमलब १ प्रतिशत रहेको छ।

२०७३ पुससम्ममा वाणिज्य बैंकहरूबाट साना तथा मझौला व्यवसायमा प्रवाहित कर्जा कुल कर्जाको २ दशमलब ७ प्रतिशत (४२ अर्ब ७३ करोड रुपियाँ) छ। समीक्षा अवधिमा वाणिज्य बैंकहरूबाट प्रवाहित ट्रष्ट रिसिट (आयात) कर्जा ६ दशमलब ४ प्रतिशत (४ अर्ब ६२ करोड रुपियाँ) ले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १३ दशमलब ४ प्रतिशतले घटेको थियो। आर्थिक वर्ष २०७३⁄७४ को ६ महिनासम्ममा यस बैंकले रिपो बोलकबोलमार्फत् १५ अर्ब ४० करोड रुपियाँ तरलता प्रवाह गरेको छ। साथै समीक्षा अवधिमा वाणिज्य बैंक तथा वित्तीय संस्थाहरूले १३ अर्ब ९८ करोडको स्थायी तरलता सुविधा उपयोग गरेका छन्। आर्थिक वर्ष २०७३⁄७४ को ६ महिनासम्मको अवधिमा नेपाल राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू) बाट अमेरिकी डलर २ अर्ब ४ करोड खुद खरिद गरी २१९ अर्ब ३५ करोड रुपियाँ खुद तरलता प्रवाह गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर २ अर्ब २३ करोड खुद खरिद भई २३४ अर्ब १३ करोड रुपियाँ खुद तरलता प्रवाह भएको थियो।

आर्थिक वर्ष २०७३⁄७४ को ६ महिनासम्ममा खुलाबजार कारोबारमार्पmत् १०१ अर्ब १० करोड रुपियाँ तरलता प्रशोचन गरिएको छ। यसअन्तर्गत ब्याजदर करिडोरअन्तर्गतको १४ दिने निक्षेप बोलकबोलमार्पmत् २९ अर्ब ८० करोड, ९० दिने निक्षेप बोलकबोलमार्फत् ७ अर्ब ५ करोड र रिभर्स रिपोमार्पmत् ६४ अर्ब २५ करोड रुपियाँको प्रशोचन भएको छ। अघिल्लो वर्षको सोही अवधिमा निक्षेप बोलकबोल, रिभर्स रिपो तथा सोझै बिक्री बोल–कबोलमार्पmत् क्रमशः १९८ अर्ब ४० करोड, ९७ अर्ब ३५ करोड र ९ अर्ब १० करोड रुपियाँ तरलता प्रशोचन गरिएको थियो। समीक्षा अवधिमा अमेरिकी डलर १ अर्ब ९८ करोड र यूरो ९ करोड ५० लाख बिक्री गरी २२४ अर्ब ३० करोड बराबरको भारु खरिद भएको छ। अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर १ अर्ब ३४ करोड बिक्री गरी १४० अर्ब ९९ करोड बराबरको भारु खरिद भएको थियो।

प्रतिक्रिया दिनुहोस्