भविष्यवाणी गर्दा जोखिममा



लन्डन, (एजेन्सी)
खेलकुद प्रतियोगितामा भविष्यवाणी गरेको गलत ठहरिँदा भविष्यवाणी गर्ने व्यक्ति जोखिममा पर्ने गर्छन्। कयौं पटक खेलमा जितका लागि अग्रसर भए पनि अन्तमा हारको सामना गरेको धेरै उदाहरण पाइन्छ। दर्शकले समेत लौ यो टिम हार्यो भनेर रंगशालाबाट बाहिरिन्छन्। टेलिभिजन हेरिरहेका दर्शक पनि आफ्नो टेलिभिजन स्विच अफ गर्छन्। पछि त्यही टिम जितेर ती दर्शकलाई छक्क पारिदिन्छ।

यस्तै क्रममा भविष्यवाणी गरेको गलत ठहरेपछि बेलारुसका खेलकुद सम्पादकले आफ्नै अखबार खाएका छन्। स्थानीय आइस हकी टिमको भाग्य भविष्यवाणी गर्दा गलत ठहरिएको थियो। भयाचेस्लाभ फेडोरेन्कोभले डिनामो मिन्स्कले कन्टिनेन्टल हकी लिगमा प्ले अफ खेल्न पाउँदैन भनेर भविष्यवाणी गरेका थिए। तर, टिमले उनलाई गलत सावित गरेपछि फेडोरेन्कोभले आफ्नै शब्दले भरिएको अखबार खानुपरेको थियो।

मिन्स्क एरेनाको पत्रकार केन्द्रमा आएर अखबारलाई सुपसँगै कचौरामा राखेर उनले खाएको वेबसाइटले जनाएको थियो। तर, फेडोरेन्कोभले आधा पेज मात्रै खान सकेका थिए। उनले पछि पत्रकारलाई ठट्टा गर्दै बताए– ‘मेरो मनपर्ने टिमका लागि म जे पनि गर्न सक्छु। यस्तो ठट्टा नगर र यस्तो वाचा पनि नगर्नू किनभने यी कुराहरू पूरा गर्न कठिन हुन्छन्।

यस्तै टेनिस सुन्दरी युजिनी बुचार्डले पनि भविष्यवाणी गलत ठहरिँदा २० वर्षीय छात्रसँग डेटमा जानुपरेको थियो। यूएस सुपर बाउलको एक प्रतिस्पर्धामा क्यानडाकी टेनिस खेलाडीले ट्विटरमा सर्त राखेकी थिइन्। जुन सर्त उनले हारिन र डेटमा जान कर लागेको थियो।

एललान्टा फाल्कन र इंग्ल्यान्ड पट्रियट्सबीचको खेलमा एटलान्टा फाल्कनको खेलमा पूरै दबाब थियो। टिम २१–० ले अगाडि पनि थियो। यति अन्तरको अग्रता भनेको टिम जितको मुखमा नै थियो। त्यतिबेला नै बुचार्डले ट्विटरमा फाल्कनलाई जित्न कसैले रोक्न सक्दैन भनेर ट्विट गरिन्।

तर, पेट्रियटसका युवा समर्थक जान जोहर्केले ट्विटरमा बुचार्डसँग सर्त लगाए। उनले फाल्कन होइन जित उनकै टिम पेट्रियटसको हुनेछ भनेर ट्विट गरेका थिए। यसैमा बुचार्डले जोहर्केको यस चुनौतीलाई स्वीकार गरिन्। यसपछि पेट्रियटसले सानदार पुनरागमन गर्दै खेल जितेको थियो। बुचार्डले आफ्नो सर्त पूरा गरेको जोहर्केसँग डेटमा गएको तस्वीर पोस्ट गरेर सावित गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्